images
images

सरकार रवि लामिछाने सिध्याउने अभियानमा छ : सांसद स्वर्णिम वाग्ले

सरकार रवि लामिछाने सिध्याउने अभियानमा छ : सांसद स्वर्णिम वाग्ले

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • सरकार रवि लामिछाने सिध्याउने अभियानमा छ : सांसद स्वर्णिम वाग्ले

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले दल फुटाउने विधेयक ल्याएर साना दल फुटाएर रवि लामिछानेलाई सिध्याउने खेलमा रहेको बताएका छन् । 

    मंगलबार सहकारी बचत अपचलनमा पक्राउ परेका पार्टी सभापति लामिछानेलाई हिरासतमुक्त गराउन बालुवाटार भएको विरोध प्रदर्शनमा उनले सरकारले दल फुटाउने विधेयक ल्याएर साना दल फुटाउने र लामिछानेलाई सिध्याउने एवम रास्वपालाई थर्काउने, धम्काउने, गलाउने रणनीतिमा लागि परेको बताए । 

    उनले स्वतन्त्र न्यायीक निष्पक्ष छानबिन आयोग बनाएर सबै भ्रष्टहरुको छनबीन आफूहरुले गर्ने दाबी पनि गरे । उनले अरु सहकारी ठगीको आरोपीहरुलाई चाँही सरकारले बचाइराख्दा रविलाई हिरासतमा राख्नु कुनै औचित्य नरहेको बताए । 

    ‘नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ र ऋषिकेश पोखरेल जस्तालाई पनि आरोप लागेको छ । तर सरकारले उनीहरुलाई बचाइराखेको छ । जीबी राईका सल्लाहकार आज राष्ट्रपतिका सल्लाहकार छन् । उहाँहरूलाई चाँही उन्मुक्ति दिने स्वतन्त्र हिड्न दिने तर रविलाई हिरासतमा राख्नु औचित्य छैन् । अभिलम्ब उहाँ रिहा हुनुपर्छ ।’ 

    सांसद सुमना श्रेष्ठले रास्वपाको सरकारले आफूहरुको आन्दोलन कमजोर बनाउन प्रयास गरिरहेको बताएकी छन् । उनले आफूहरुलाई गलाउने र कमजोर बनाउने तथा फुटाउने सरकारको प्रयासलाई प्रतिरोध गर्नुपर्ने बताइन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार