images
images

दिगो कृषि यान्त्रिकरणको विस्तार : १० दिने कृषि यन्त्र मर्मत तालिम सम्पन्न, ४ जिल्लाका २५ जनाको सहभागिता

दिगो कृषि यान्त्रिकरणको विस्तार : १० दिने कृषि यन्त्र मर्मत तालिम सम्पन्न, ४ जिल्लाका २५ जनाको सहभागिता

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • दिगो कृषि यान्त्रिकरणको विस्तार : १० दिने कृषि यन्त्र मर्मत तालिम सम्पन्न, ४ जिल्लाका २५ जनाको सहभागिता
    images
    images

    काठमाडौँ / नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) र फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्सको सहकार्यमा १० दिने आवासीय कृषि यन्त्र मर्मत तथा सम्भार तालिम सम्पन्न भएको छ । कृषि यान्त्रिकरणमा दक्ष  जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्तिक ३ देखि १२ गतेसम्म  कञ्चनपुरको झलारीमा उक्त तालिम सञ्चालन गरिएको थियो ।

    स्थानीय प्राविधिकहरूका लागि कृषि तथा सिँचाइका मेसिनहरूको मर्मत तथा सम्भार तालिम सञ्चालन गरिएको नामियाले जनाएको छ । तालिममा  बर्दिया, कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लाबाट २५ जनाको सहभागिता रहेको थियो। तालिमका सहभागीले कुल ४० वटा सत्रमा सिप सिकेका छन् जसमध्ये १० सैद्धान्तिक र ३० वटा प्रयोगात्मक सत्रहरू थिए। 

    6.JPG

    विदेशबाट फर्किएका, महिला, सिमान्तकृत समुह तथा मेशिनरी सम्बन्धि सामान्य ज्ञान भएका युवा जनशक्तिलाई सहभागिको रूपमा छनोट गरिएको थियो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नामियाका उपाध्यक्ष सुनिता न्हेमाफुकीले स्थानीय स्तरमा प्राविधक तयार गर्दै दिगो कृषि यान्त्रिकरणमा टेवा पुग्ने बताइन् ।  

    नामियाका अनुसार फिड द फ्युचर नेपाल युएसएआईडी एग्रिकल्चरल इनपुट्सको प्रयोजनमा यस अघि दुई तालिमहरु चितवन र नेपालगञ्जमा आयोजना भइसकेको छ । उक्त तालिममार्फत ५० मेकानिकहरुले आफ्नो क्षमता विकास गरिसकेका छन्।

    सरकारी तवरबाट पनि प्रविधि विस्तार प्राथमिकतामा परेको तर दक्ष प्राविधिक उत्पादन उपेक्षामा परेकाले निजी क्षेत्रबाट पहल सुरू गरिएको कुरा न्हेमाफुकीले जोड दिइन् । 

    9.JPG

    एक पालिका एक कृषि मेशिनरी वर्कशप स्थापना गर्ने योजना अनुसार दक्ष जनशक्ति उत्पादनमा केन्द्रीत भएको उनको भनाई छ । 

    न्हेमाफुकीले भनिन्, “दुई दशकदेखि नेपालमा कृषि प्रविधि विस्तार भइरहेको छ तर कृषि यन्त्र सम्बन्धि प्राविधिक उत्पादनले गति लिएन। यसै अभावलाइ पूर्ति गर्न हामीले सुरुवात  गरेका  हौँ। कृषि यन्त्र मर्मत सम्भारका लागि यो कार्यक्रमले थोरै भए पनि भूमिका खेल्ने विश्वास लिएका छौँ।”

    कार्यक्रमको समापन सत्रमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुदूरपश्चिम प्रदेश सचिव यज्ञ राज जोशीले कृषिको विकास र यान्त्रिकरणका निम्ति किसानलाई प्रविधि र सिप दिनुपर्ने बताइन् । 

    7.JPG

    उनले तालिम निकै नै प्रभावकारी पाएको बताउँदै तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई टूलसेटको व्यवस्था गरिदिने प्रतिबद्धता जाहेर गरे । उनले प्रशिक्षार्थीहरुलाई किसानको घरघरमा सेवा पुर्याई किसानलाई कृषिकर्ममा सहयोग पुर्याउन अनुरोध गरे । 

    साथै तालिममा सिमित सिट संख्याका कारण थुप्रै आवेदकहरू छनोट हुन नसक्नु भएकोमा उहाहरुलाई तालिम प्रदान गर्नका लागि मन्त्रालयले पहल गर्ने समेत बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार