images
images

एनआइसी एशिया क्यापिटलद्वारा ‘अफर फर सेल-ओएफएस’ प्ल्याटफर्म सञ्चालनमा, संस्थापक सेयर खरिद बिक्री गर्न सहज

एनआइसी एशिया क्यापिटलद्वारा ‘अफर फर सेल-ओएफएस’ प्ल्याटफर्म सञ्चालनमा, संस्थापक सेयर खरिद बिक्री गर्न सहज

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • एनआइसी एशिया क्यापिटलद्वारा ‘अफर फर सेल-ओएफएस’ प्ल्याटफर्म सञ्चालनमा, संस्थापक सेयर खरिद बिक्री गर्न सहज

    काठमाडौँ / एन आई सी एशिया क्यापिटलले दोस्रो बजारमा सूचीकृत भएका तथा नभएका धितोपत्र कम्पनीहरूको संस्थापक सेयर खरिद बिक्री गराइदिने सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

    लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत कम्पनीले धितोपत्रको दोस्रो बजारमा प्रचलित कानून बमोजिम संस्थापक सेयर खरिद बिक्री गराइदिने सेवा दिँदै आएको हो । 

    सोही सेवालाई थप परिस्कृत गर्ने क्रममा नेपालमा सूचिकृत कम्पनीहरूको संस्थापक समूहको सेयर खरिद बिक्री गर्नका लागि धेरै कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । 

    सूचीकृत नभएका पब्लिक कम्पनीहरूको संस्थापक समूहको सेयर समेत कारोबार गर्न निकै झन्झटिलो प्रकृया रहेको र लगानीकर्ताहरूले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउदा संस्थापक सेयरमा गरिएको लगानी फ्रिज भएर बसेको लगानीकर्ताहरूले गुनासो गर्दै आएका छन् । 

    लगानीकर्ताहरूको गुनासोलाई सम्बोधन गर्दै एनआइसी एशिया क्यापिटलले संस्थापक सेयर खरिद बिक्रीका लागि अफर फर सेल (ओएफएस) प्ल्याटफर्म सञ्चालनमा ल्याएको छ । कम्पनीले वन स्टेप सोलुसन उपलब्ध गराउने उद्देश्यले उक्त प्ल्याटफर्म सञ्चालनमा ल्याएको हो । 

    सो प्ल्याटफर्म अन्तर्गत कम्पनीले संस्थापक समूहको सेयर बिक्री तथा खरिद गर्न चाहने लगानीकर्ताहरूलाई अनलाइनमार्फत कमन प्ल्याटफर्मबाट आफूले खरिद बिक्री गर्न खोजेको कम्पनीको विवरण रितपूर्वक क्यापिटलको वेभसाइटमार्फत उपलब्ध गराउनु पर्नेछ । 

    उक्त विवरणको आधारमा क्यापिटलले सम्बन्धित कम्पनीको सेयर खरिदकर्ता वा बिक्रीकर्ता खोजी प्रचलित नियम कानुन अनुसार सेयर नामसारी सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाउने छ । 

    अफर फर सेल प्ल्याटफर्मको विशेषताहरू 

    सहज बिक्री प्रक्रिया : संस्थापक समूहको सेयर बिक्री गर्न चाहने सम्बन्धित सेयरधनीहरूले क्यापिटलको वेभसाइटमा माग गरे बमोजिमको विवरण रितपूर्वक भरे पश्चात् उक्त विवरणको आधारमा सम्बन्धित कम्पनीको सेयर खरिदकर्ता खोजिदिने कार्य क्यापिटलले गर्ने छ । 

    सहज खरिद प्रकृया : कुनै पनि कम्पनीको संस्थापक समूहको सेयरमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई सोको विवरण उपलब्ध गराए पश्चात्
    क्यापिटलले उक्त कम्पनीको सेयर खोजि दिने कार्य गर्ने छ । 

    सुरक्षित र गोपनिय : सम्बन्धित सेयर खरिदकर्ता तथा बिक्रीकर्ताको विवरण अति सुरक्षित तथा गोपनियता कायम हुने गरी प्राप्त विवरण सम्बन्धित अधिकारीले आवश्यक अध्ययन गरेर सेयर खरिद बिक्री सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाउनेछ । 

    सहज र सर्वसुलभ : सम्बन्धित व्यक्ति तथा संस्थाहरूले आफुले खरिद बिक्री गर्न चाहेको सम्बन्धित कम्पनीको विवरण सहजै रूपमा स्वदेश तथा
    विदेशको जुनसुकै स्थानबाट पनि सहज र सर्वसुलभ रूपमा अनलाइनमार्फत विवरण उपलब्ध गराउन सक्नुहुने छ ।

    खरिद बिक्री मूल्य निर्धारण गर्नको लागि भ्यालुएसन रिर्पोट उपलब्ध गराइने :  सम्बन्धित कम्पनीको भ्यालुएसन गरेर संस्थापक समूहको सेयरको खरिद÷बिक्री गर्नको लागि उचित प्रतिसेयर खरिद बिक्री मूल्य निर्धारण गर्न सहयोग गर्ने । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार