images
images

नारायण ज्वेलर्सद्वारा ‘ज्यालामा अधिकतम छुट अफर’ सार्वजनिक, ५.९९ प्रतिशत ज्यालामै गहनाहरु बिक्री

नारायण ज्वेलर्सद्वारा ‘ज्यालामा अधिकतम छुट अफर’ सार्वजनिक, ५.९९ प्रतिशत ज्यालामै गहनाहरु बिक्री

बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • नारायण ज्वेलर्सद्वारा ‘ज्यालामा अधिकतम छुट अफर’ सार्वजनिक, ५.९९ प्रतिशत ज्यालामै गहनाहरु बिक्री
    images
    images

    काठमाडौँ / २७ वर्ष देखि सुनचाँदीको कारोबार गरिहेको राजधानीको न्युरोडस्थित नारायण ज्वेलर्सले तिहारको अवसरमा ‘ज्यालामा अधिकतम छुट अफर’ सार्वजनिक गरेको छ ।

    यसअघि नै जर्ती नलिने घोषणा गरेको नारायण ज्वेलर्सले सुनको मूल्य अधिकतम बढ्दै गएका कारण उपभोक्तालाई लाभ दिन अब ५.९९ प्रतिशत ज्यालामै सुनका गहनाहरु बिक्री गर्ने घोषणा गरेको हो ।

    सुनचाँदी व्यवसायीहरूको तीव्र विरोधका बाबजुद पनि नारायण ज्वेलर्सले श्रावण देखिनै पहिलो पटक जर्ती नलिने घोषणा गरेर ७ प्रतिशत ज्यालामै गहना दिने घोषणा गरेको थियो ।

    नारायण ज्वेलर्सका सञ्चालक नारायण विश्वकर्माले २४ क्यारेटका सुनका गहनाहरूमा यो अफर लागू हुने बताए । उनका अनुसार कार्तिक ३० गतेसम्म यो अफर लागू हुनेछ । 

    यो अवधिमा उपभोक्ताहरूले बढी भन्दा बढी लाभ लिन सक्ने भन्दै उनले आफूले सुरु गरेको जर्तीमुक्त अभियानले उपभोक्तालाई राहत मिल्ने बताए । न्युरोड गेटबाट विशालबजार जाँदा १०० मिटर आगाडी बायाँ पट्टि नारायण ज्वेलर्स रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार