images
images

बाढी पीडितलाई आयल निगमको तीन करोड सहयोग

बाढी पीडितलाई आयल निगमको तीन करोड सहयोग

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • बाढी पीडितलाई आयल निगमको तीन करोड सहयोग

    काठमाडौँ / नेपाल आयल निगमले असोज दोस्रो साता अविरल वर्षासँगै गएको बाढी पहिरोबाट पीडित भएकाहरूका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ ।

    images
    images
    images
    images

    निगमले प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा सो बराबरको रकम सहयोग गरेको हो । 

    निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले उक्त रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार हस्तान्तरण गरेका छन् ।

    सो क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र सञ्चालक समितिका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र निगम सञ्चालक समितिका सदस्यहरूको समेत उपस्थिति थियो । 

    निगम सञ्चालक समितिको सो बराबरको रकम हस्तान्तर गर्ने निर्णय बमोजिम उक्त रकम हस्तान्तरण गरिएको निगमका प्रवक्ता पूर्ण रिजालले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार