images
images

मंगलबार दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको सेयर कारोबार, कसले कति कमाए ?

मंगलबार दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको सेयर कारोबार, कसले कति कमाए ?

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • मंगलबार दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको सेयर कारोबार, कसले कति कमाए ?

    काठमाडौँ / मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

    images
    images
    images
    images

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार आइतबार र सोमबार गरी दुई दिनमा १०५.४३ अंकले घटेको नेप्से मंगलबार भने २५.८८ अंकले बढेको हो । आज नेप्से २५.८८ अंक अर्थात ०.९८ प्रतिशतले बढेर २६६५.८१ विन्दुमा बन्द भएको छ। 

    मंगलबार कारोबार रकममा भने गिरावट आएको छ। गत कारोबार दिन अर्थात् सोमबार पाँच अर्ब ९० करोडको कारोबार भएकोमा यसदिन चार अर्ब १७ करोडको कारोबार भएको छ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ७३ करोड रूपैयाँ कमी आएको हो। आज ३१४ वटा धितोपत्रको एक करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर किनबेच भएको हो।

    मंगलबार १९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० वटाको घटेको छ। यस्तै, पाँच कम्पनीको मूल्य स्थिर रहेको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशतले बढेको छ भने दोस्रोमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.१४ प्रतिशतले बढेको छ।

    रावा इनर्जीको सेयर मूल्य सर्वाधिक बढ्यो

    यसदिन रावा इनर्जीको सेयर मूल्य सर्वाधिक ९.८६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८६० रूपैयाँ कायम भएको छ।

    यसैगरी, मनकामना इन्जिनियरिङको मूल्य ७.८२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४०० रूपैयाँ पुगेको छ।

    विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक घट्यो

    यस्तै, विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक ४.७५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ७३० रूपैयाँमा झरेको छ।

    कालिका लघुवित्तको मूल्य ४.६९ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३८ रूपैयाँ ९० पैसा कायम भएको छ।

    गुडविल फाइनान्सको सर्वाधिक कारोबार

    मंगलबार गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४५ रूपैयाँ १० पैसामा १७ करोड ३२ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.७८ प्रतिशत बढेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा कुमारी बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २४० रूपैयाँ ९० पैसामा १३ करोड ८० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार