images
images

ट्रम्पलाई जिताउन किन आफ्नो पैसा खर्च गर्दैछन् एलन मस्क ?

ट्रम्पलाई जिताउन किन आफ्नो पैसा खर्च गर्दैछन् एलन मस्क ?

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • ट्रम्पलाई जिताउन किन आफ्नो पैसा खर्च गर्दैछन् एलन मस्क ?

    अमेरिकामा राष्ट्रपतीय निर्वाचनको चुनावी प्रचार चरम सीमामा छ ।यस चुनावमा डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

    images
    images
    images
    images

    यसै बीच विश्वकै अर्बपति व्यापारी एलोन मस्कले शनिबार गरेको एक तर्क अहिले पुरा सोसल मिडिया भरि फैलिरहेको छ । उनले अमेरिकाको राष्ट्रपति चुनाव लडिरहेका डोनाल्ड ट्रम्पलाई जिताउन पैसाको खोलो बगाइरहेका छन् ।

    रिपब्लिकन डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने पिएसि कार्यक्रममा पहिलो पुरस्कारको साथ आफ्नो अनलाइन याचिकामा हस्ताक्षर गर्ने जो कोहीलाई नोभेम्बरको चुनावसम्म प्रत्येक दिन एक मिलियन डलर दिने उनले घोषणा गरेका थिए । तर, अहिले यसको भुक्तानीको वैधतामा प्रश्न उठिरहेको छ ।

    मस्कले अमेरिकी राष्ट्रपतिको निर्वाचनसम्म हरेक दिन एक मिलियन डलर दिने वाचाको कानुनी रूपमा छानबिन भइरहेको र यो योजनाले नगद प्रयोगमा प्रतिबन्धको उल्लंघन गर्न सक्ने चेतावनी दिएका छन्।

    मतदाता दर्ता प्रक्रियालाई इनामसँग जोड्ने उनको यो घोषणा संघीय निर्वाचन कानुनविपरित भएको भन्दै यसमा नीतिगत प्रश्न उठिरहेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

    शनिबार पेल्सलभेनियामा आयोजति र्‍यालीमा ट्र्म्पले इनामबारे बताउँदै जन ड्रेर नामक व्यक्तिलाई १० लाख डलर पुरस्कार दिएका समेत थिए । निर्वाचनसम्बन्धी जानकार अभिवक्ता रिक हानसेनले इलनको यो कदम स्पष्ट रूपमा गैरकानुनी भएको दाबी गर्छन् । पेल्सलभेनियाका डेमोक्र्याट गभर्नर जस शपिरोले पनि मस्कलाई आफ्ना विचार राख्न पाउने अधिकार भएको तर राजनीतिमा यस्तो प्रकारले पैसा खन्याउँदा त्यसले गम्भिर प्रश्न उठिरहेको धारणा राख्छन् । 

    मस्कले अघिल्लो साता अमेरिकी निर्वाचन आयोगलाई बुझाएको आर्थिक प्रतिवेदनमा उनले ट्रम्पका लागि ७५ मिलियन डलर दिएको विवरण बाहिरिएको थियो । विशेषतस् मतपरिणाम जता पनि ढल्कन सक्ने स्विङ स्टेटहरूमा इलनले आफ्नो सुपर प्याकमार्फत ट्रम्पको प्रचारका लागि लाखौं डलर खर्च गरिरहेका छन् ।

    एलोन मस्क कसरी ट्रम्प समर्थक बने?

    दक्षिण अफ्रिकामा जन्मेका अर्बपति व्यापारी र उद्यमी अटोमोबाइल कम्पनी टेस्ला, अन्तरिक्ष यान निर्माता स्पेसएक्स, र सोशल मिडिया प्लेटफर्म X (पहिले ट्विटर) को मालिक हुन्।

    एलोन मस्कले लामो समयदेखि आफ्नो राजनीतिक विचारलाई ‘केन्द्रवादी’भनेर वर्णन गरेका छन्, २०१८ मा पनि उनले ट्वीट गर्दै उनी दर्ता गरिएको स्वतन्त्र र राजनीतिक रूपमा स्वतन्त्रतावादी हुन् तर सबै मुद्दाहरूमा उदारवादी नरहेको जनाएका थिए । 

    २०१६ मा उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासका कारण कामको स्वचालनबाट मानिसहरूलाई बचाउन विश्वव्यापी आधारभूत आय (UBI) को विचारलाई समर्थन गरे। यद्यपि, दुई वर्षपछि, उनले क्यालिफोर्नियाको टेस्ला कारखानाका कामदारहरूले युनियन गठन गर्ने प्रयासको निन्दा गरे।

    उनले कथित रूपमा 2008 र 2012 मा डेमोक्रेट राष्ट्रपति उम्मेद्वार बाराक ओबामा र 2016 मा हिलारी क्लिन्टनलाई समर्थन गरेका थिए। 2016 मा उनले डोनाल्ड ट्रम्पलाई "सम्भवतः सही मानिस होइन" र "संयुक्त राज्यमा राम्रोसँग प्रतिबिम्बित गर्ने चरित्रको अभाव भएको" भनेर वर्णन गरे।

    ट्रम्पको अभियानमा एलोन मस्कको योगदान के ? 

    धेरै वर्षसम्म आफूले कुनै पनि राष्ट्रपतीय उम्मेद्वारलाई समर्थन नगर्ने बताएपछि उनले यसै वर्षको जुलाईमा राष्ट्रपतिको उम्मेदवारका रूपमा डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका थिए।

    इलोन मस्कले ट्रम्पमाथि घातक हमला हुँदा उनको समर्थनको घोषणा गरेका थिए। मस्कले त्यस समयमा ट्रम्पलाई “लोकतन्त्र जोगाउन” जित्न आवश्यक भएको बताए । साथै, उनले नै डोनाल्ड ट्रम्पलाई ओहायो सिनेटर जेडी भान्सलाई आफ्नो उपाध्यक्ष बनाउन सुझाव दिएका थिए । 

    यस महिनाको सुरुमा, एलोन मस्कले डोनाल्ड ट्रम्पसँग बटलर, पेन्सिलभेनियामा राजनीतिक र्‍यालीमा स्टेज साझा गरे, जुन उद्योगपतिको लागि दुर्लभ छ। सामान्यतया व्यवसायीहरु सार्वजनिक रुपमा कुनै पनि पार्टी वा नेतासँग निकटता देखाउन चाहँदैनन् ।

    अमेरिकी चुनावमा पेन्सिल्भेनिया स्विङ स्टेट हो र पेन्सिल्भेनिया जित्ने नै ह्वाइट हाउसमा पुग्ने विश्वास गरिन्छ, त्यसैले पेन्सिल्भेनियामा इलोन मस्कलाई पुरस्कार दिने घोषणाले डोनाल्ड ट्रम्पलाई फाइदा पुर्याएको अन्तिराष्ट्रिय मिडियाहरूमा उल्लेख गरिएको छ । 

    (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार