काठमाडौँ / सिजीका साना धरायसी सामान किन्दा चितवनकी दामन्ती थापाले १० ग्रामको सुनको सिक्का जित्न सफल भएकी छन् । नेपालको अग्रणी ब्राण्ड सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडिए)ले दसैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै ल्याएको ‘दसैँमा १० अफर’ अन्तर्गत ‘डिजिटल लक्की ड्र’मार्फत दामन्तीले सो पुरस्कार जितेकी हुन् ।
सिजीले चाडपर्वको अवसरमा ल्याएको अफर अन्तर्गत दस भाग्यशाली ग्राहकहरूले १०-१० ग्रामका १० सुनका सिक्काहरू जित्ने अवसर प्राप्त गर्नेछन् । सो अफर सिजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन् ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले सिजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरि विज्ञापन वा सामान किनेको पसलमा दिइएका क्यूआर कोड अनिवार्य रुपमा स्क्यान गरि आफ्नो विवरण भरि समावेस गर्नुपर्नेछ।
यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन, एयर फायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ ।
यस अभियान भदौ २३ गतेबाट नेपालभर सीमित अवधिको लागि लागू गरिएको छ। आफ्ना ग्राहकहरुलाई मध्यनजर गरी सिजीले मेरिडिया नामक प्रिमियम सिरिज पनि ल्याएको छ।