images
images

सावित्री कंचनजंगा अगरबत्तीको चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन, छठसम्मै सहुलियत पाइने

सावित्री कंचनजंगा अगरबत्तीको चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन, छठसम्मै सहुलियत पाइने

सोमवार, असोज २१ २०८१
सोमवार, असोज २१ २०८१
  • सावित्री कंचनजंगा अगरबत्तीको चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन, छठसम्मै सहुलियत पाइने
    images
    images

    काठमाडौँ / सावित्री कंचनजंगा अगरबत्ती उद्योगले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत दरका सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । 

    कम्पनीका जनरल म्यानेजर पुष्कर केसीका अनुसार सुपथ मूल्य पसलबाट कंचनजंगा ब्राण्डका उत्पादनहरूको खरिमा विशेष छुट पाइन्छ । कंचनजंगाको यी सुपथ मूल्यका पसलहरू छठसम्म सञ्चालनमा हुने उनले जानकारी दिए । 

    ग्राहकहरूको सहजताको लागि कम्पनीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको केसीले बताए । साल्ट ट्रेडिङले चाडपर्व लक्षित सञ्चालन ल्याएको उपत्यकाभित्रका अधिकांश सहुलियत पसलमासमेत सावित्री कंचनजंगाका ब्रान्ड उपलब्ध रहेको उनले जानकारी दिए । 

    “सहुलियत पसलबाट अगरबत्ती खरिद गर्दा धेरै हदसम्म मूल्यमा छुट हुनेछ । हामीले उपत्यकाकामा चाडपर्वको समयमा वर्षेनी सहुलियत पसल सञ्चालन गर्दै आएका छौँ । भविष्यमा उपत्यकाका बाहिर पनि यस्तो पसलको सञ्चालन गर्ने योजना छ,”केसीले भने । 

    सावित्री कंचनजंगाले करिव १०० वटा सुगन्धित अगरबत्ती प्रडक्ट उत्पादन गर्दै आएको छ । पूर्वदेखि पश्चिम नेपालसम्म, हिमालदेखी तराईसम्म उपलब्ध यस सुगन्धित अगरबत्ती छोटो समयमै नेपालकै अग्रणी अगरबत्ती ब्रान्डको रूपमा स्थापित छ ।

    उपभोक्ताबिच लोकप्रिय यो ब्राण्डका अगरबत्तीहरू नेपालबाहेक चीन, भारत, जापान, हङकङ, थाइल्याण्ड र भियतनाम लगायतका देशमा पनि निर्यात हुने गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार