काठमाडौँ / नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ।
आइतबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको मूल्य आज भने प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज सोमबार चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।
आइतबार प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।