काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकामा रहेका प्रधानमन्त्री ओली प्रथम महिला राधिका शाक्यका साथ
अमेरिकी राष्ट्रपति वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका हुन् ।
प्रधानमन्त्री ओलीले गएराति महासभालाई सम्बोधन गर्दै शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका थिए ।
मानव जाति र पृथ्वी जलवायुको विपत्तिमा रहेको वास्तविकता प्रस्तुत गर्दै उनले वर्तमान विश्व आमूल परिवर्तनको मोडमा रहेको बताउँदै धनी र गरिब, सद्भाव र घृणा, आर्थिक विकास र वातावरणीय विनाशबिचको विरोधाभासमा रहेको उल्लेख गरे।