काठमाडौँ / विश्वज्योति महलमा ‘राजा लन्ज एन्ड क्लब’ सञ्चालनमा आएको छ । लाइभ म्युजिकको नयाँ थलोका रूपमा जमलको विश्वज्योति महलमा ‘राजा लन्ज एन्ड क्लब’ सञ्चालनमा आएको हो ।
शान्त वातावरणमा लाइभ म्यूजिकका साथ स्वादिष्ट परिकार, पार्किङको सुविधा एकै ठाउँमा प्राप्त गर्न सकिनेछ । क्लबमा खाना बस्न तथा मनोरञ्जनका साथै २४ सै घण्टा सेवाका साथै पर्याप्त पार्किङको सुविधा उपलब्ध हुने सञ्चालक शैलेस श्रेष्ठले जानकारी दिए ।
रात्रिकालीन र दिवाकालीन सेवासँगै, राजा लन्ज एन्ड क्लबले स्थानीय स्वदेशी एवं विदेशी पाहुनाहरूको लागि एक नयाँ जमघटको थलोको विकास गरेको सञ्चालक श्रेष्ठले बताए ।
क्लबमा साँझ सात बजेदेखि राती दुई बजेसम्म लाइभ म्यूजिकको व्यवस्था भएको उनले जानकारी दिए । त्यस्तै, सञ्चालक राजकुमार शाहले विभिन्न स्वादका खानासहित सांस्कृतिक कार्यक्रमको मज्जा लिन सक्ने बताए ।
शाहका अनुसार क्लबमा जन्मदिन तथा विभिन्न ग्यादरिङका साथै पार्टी गर्न पर्याप्त स्थानका साथ सुविधासमेत रहेको छ ।