images
images

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, पुग्यो १ लाख ६० हजार नजिक

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, पुग्यो १ लाख ६० हजार नजिक

मंगलवार, असोज ८ २०८१
मंगलवार, असोज ८ २०८१
  • प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, पुग्यो १ लाख ६० हजार नजिक
    images
    images

    काठमाडौँ / नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार नजिक पुगेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको हो । यो मूल्य हालसम्म कै उच्च भएको महासंघले जनाएको छ । 

    अघिल्लो दिन सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको थियो । 

    यस्तै मंगलबार चाँदीको मूल्य भने सामान्य घटेको छ । सोमबार तोलामा १ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार ५ रुपैयाँ घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार