images
images

क्यानडाको अल्वर्टा प्रान्तको क्यालगरी शहरमा मनाइयो संविधान दिवस

क्यानडाको अल्वर्टा प्रान्तको क्यालगरी शहरमा मनाइयो संविधान दिवस

आइतवार, असोज ६ २०८१
आइतवार, असोज ६ २०८१
  • क्यानडाको अल्वर्टा प्रान्तको क्यालगरी शहरमा मनाइयो संविधान दिवस

    क्यानडाको अल्वर्टा प्रान्तको क्यालगरी शहरमा नेपालको संविधान जारी भएको सेप्टेम्बर १९ का दिन नेपाल दिवस मनाउने कार्यक्रम सम्पन्न भएको छ । 

    images
    images

    इतिहास मै पहिलो पटक क्यालगरी महानगरपालिकाको प्रांगण मा नेपाली झण्डा फहराइएको हो । 

    अल्बर्टा नेपाल च्याम्बर अफ कमर्सको मुख्य संयोजकत्व र स्थानीय सामुदायिक संस्थाहरु एनसीएससी, सीएनसीए एवं गैरआवासिय नेपाली संघ क्यानडा समेत मुख्य आयोजक र क्यालगरीस्थित अन्य स्थानीय संस्थाहरु समेतको संयुक्त आयोजना र सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । 

    कार्यक्रममा ज्येष्ठ नागरिकहरु , स्थानीय र प्रान्तीय सरकार का प्रतिनिधिहरु र नेपाली जन समुदायको उल्लेख्य उपस्थिति रहेको थियो। 

    कार्यक्रममा नेपाली सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। कार्यक्रम मा आगन्तुकहरु लाई समारोह आयोजक समितीका अध्यक्ष ध्रुव राईले स्वागत गरेका थिए । 

    च्याम्बरका अध्यक्ष समीर पाण्डेले च्याम्बरले सबैसंग समन्वय गरेर यो कार्यक्रम आयोजना गरेको र भविष्यमा पनि च्याम्बरले समूदायमा समन्वय गरेर अगाडि बढ्ने कुरा बताए । 

    साथै, आगन्तुक सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । एनसीएससीका अध्यक्ष प्रकाश बस्याल र सीएनसीएका तर्फबाट विनोद केसीले नेपाल दिवसको शुभकामना दिएका थिए । 

    गैर आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष माधव दुलालले मन्तब्य राखेका थिए । च्याम्बरका उपाध्यक्ष दिवस ढकालले नेपालको झण्डा को सांकेतिक महत्व र महिमा बारे मन्तब्य राखेका थिए । 

    कार्यक्रममा अल्बर्टा प्रान्तका इमिग्रेसन तथा मल्टीकल्चरल मन्त्री मोहम्मद यासीन, वडा नं ५ काउन्सीलर राज धालीवाल तथा अल्बर्टा सरकार प्रमुख का प्रतिनिधि ह्याप्पी मान ले नेपाल दिवसको शुभकामना दिएका थिए । 

    कार्यक्रमको संचालन एनसीएससीका सचिव तथा च्याम्बरका सदस्य घनेन्द्र न्यौपाने ले गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार