images
images

‘इयुसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पिनसिप’ हुँदै, ४१ टिम सहभागी हुने

‘इयुसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पिनसिप’ हुँदै, ४१ टिम सहभागी हुने

आइतवार, असोज ६ २०८१
आइतवार, असोज ६ २०८१
  • ‘इयुसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पिनसिप’ हुँदै, ४१ टिम सहभागी हुने

    काठमाडौँ / नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन (इयुसेबोन) ले असोज ११ र १२ गते ‘इयुसेबोन क्यापिटल मार्केट फुटसल च्याम्पिनसिप २०२४’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    images
    images

    ‘वन ट्रफी, वन मार्केट, वन फेमेली’ नारासहित उक्त प्रतियोगिता धनवन्तरी फुटसल ग्राउण्ड र प्राइम फुटसल कालोपुलमा आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको हो ।

    प्रतियोगितामा नेपाल धितोपत्र बोर्डसहित महिलातर्फ नौ तथा पुरुषतर्फ ३२ गरी जम्मा ४१ टिम सहभागी हुनेछन् । १५ मिनेट प्रतिटिम खेलाइने सो प्रतियोगिताको पुरुषतर्फ च्याम्पियनले ट्रफीसहित एक लाख नगद र रनरअपले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, महिलातर्फ च्याम्पियनलाई ६० हजार र रनरअपलाई ४० हजार तथा ट्रफीको व्यवस्था गरिएको छ ।

    फाइनान्सियल सेक्टरमा काम गर्ने कर्मचारीहरूमा भाइचाराको सम्बन्ध विस्तार गर्न यो फुटसल आयोजना गरिएको इयुसेबोनका अध्यक्ष अजय ढुंगानाले बताउनुभयो । यो क्षेत्रमा काम गर्ने कर्मचारीहरूबीच हुने प्रतिस्पर्धाले सबैमा आत्मीयता र हार्दिकता बढ्ने ढुंगानाको भनाइ छ । यो फुटसल प्रतियोगिता प्रत्येक वर्ष यसै तालिकाअनुसार आयोजना हुने सोच रहेको अध्यक्ष ढुंगानाले जानकारी गराउनुभयो ।

    प्रतियोगितामा क्यापिटल मर्चेन्ट बैंकिङ, नेप्से, सिडिएससी र ब्रोकर कम्पनीहरूले सहभागिता जनाउने बताइएको छ । प्रतियोगितामा लक्ष्मी सनराइज बैंक मुख्य प्रायोजकका रूपमा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार