images
images

काठमाडौँ म्याराथानको १६ औं संस्करण असोज १२ गते, ३ हजार भन्दा बढीको सहभागिता रहने

काठमाडौँ म्याराथानको १६ औं संस्करण असोज १२ गते, ३ हजार भन्दा बढीको सहभागिता रहने

आइतवार, असोज ६ २०८१
आइतवार, असोज ६ २०८१
  • काठमाडौँ म्याराथानको १६ औं संस्करण असोज १२ गते, ३ हजार भन्दा बढीको सहभागिता रहने

    काठमाडौँ / म्याराथनको १६ औं संस्करण असोज १२ (२०२४ सेप्टेम्बर २८) गते हुने भएको छ । यसमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसंगै कुल ३ हजार भन्दा बढीको सहभागिता रहनेछ ।

    images
    images

    म्याराथनमा १ सय ७० ले सहभागिताका लागि नाम दर्ता गरेका छन् । त्यस्तै हाफ म्याराथन ५ सय ५० ले नाम दर्ता गरेका छन् । 

    सरकारी र निजी गरेर ६० भन्दा बढी विद्यालयका छात्र छात्राले पाँच किलोमिटर दौड र तीन किलोमिटर खुल्ला दौडमा सहभागिता जनाउने छन् । फेमिली रनमा १९ परिवारको सहभागिता रहनेछ ।

    काठमाडौँ म्याराथनका मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले दौडका बेला ट्राफिक व्यवस्थापन नै सबैभन्दा ठूलो चुनौती रहेको बताए । 

    उनले दौडका बेला ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसंग छलफल भइरहेको पनि बनाए । 

    उनका अनुसार दौडको सुचारु सञ्चालनका लागि बाटोको एक भागलाई बन्द गर्ने तथा धावक÷धाविकको पूर्ण सुरक्षा र दुर्घटनाको न्युनिकरणका लागि सबै प्रयास गरिनेछ ।

    म्याराथन र हाफ म्याराथन दौडमा इलेक्ट्रिक टाइमिङ प्रयोग हुनेछ । यसले धावक धाविकालाई अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा छनोटका लागि पनि सहयोग पुग्नेछ । 

    दौडमा चार सय भन्दा बढी स्वंयसेवक तथा टेक्निकल अफिसियलको सहभागिता रहनेछ । 

    हाफ म्याराथनमा पहिलो पटक पेसर्सको पनि प्रयोग गरिनेछ । यसका लागि बंगलादेश र भारतबाट विज्ञहरू नेपाल आइपुगिसकेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार