images
images

एसिया रग्वी असोज १८ गते काठमाडौंमा हुने

एसिया रग्वी असोज १८ गते काठमाडौंमा हुने

बुधवार, असोज २ २०८१
बुधवार, असोज २ २०८१
  • एसिया रग्वी असोज १८ गते काठमाडौंमा हुने

    काठमाडौँ / एसिया रग्वी महिला तथा पुरुष सेभेन्स ट्रफ्री प्रतियोगिता काठमाडौंमा असोज १८ गते हुने भएको छ । 

    images
    images

    एसिया रग्वीको आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिता असोज १८ र १९ गते दशरथ रंगशालामा सञ्चालन हुने भएको हो । 

    सन् २०२२ मा एसिया रग्वी यू–१८ र सन् २०२३ मा एसिया यू–२० रग्वीको सफल आयोजना पश्चात नेपाल रग्वी संघले एसियाली रग्वीको सबैभन्दा ठुलो प्रतियोगिता आयोजना गर्न लागेको हो । 

    बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक नेपाल रग्वी संघले प्रतियोगिता आयोजना बारेमा जानकारी गराएको हो । 

    संघका अध्यक्ष दिपक देवकोटाले प्रतियोगितामा एसियाका नेपालसहित १७ वटा देशको सहभागिता रहने जानकारी दिए । उनका अनुसार पुरुष रग्वी सेभेन्सतर्फ १४ वटा टिम र महिला रग्वी सेभेन्समा ८ वटा टिमले सहभागिता जनाउने छन् । 

    प्रतियोगितामा एसियाका ४ सय ५० भन्दा धेरै खेलाडी तथा अफिसियल सहभागी हुने अध्यक्ष देवकोटाले बताए । कार्यक्रम सञ्चालनका लागि करीब २ करोड ८० लाख रुपैयाँ खर्च लाग्ने संघको अनुमान छ । 

    प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्वीको ट्रफी सहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कास्य पदक प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । 

    संघका महासचिव गोबिन्द घिमिरेले विश्व रग्वी महासंघको पूर्ण सदस्यता पाएपछि संघले आप्mनो गतिविधि अझ प्रभावकारी रुपमा अगाडि बढाउँदै आइरहेको बताए ।

    एसियाली रग्वीको सबैभन्दा ठुलो प्रतियोगिताको आयोजनाबाट नेपालको खेल पर्यटन अभिवृद्धिमा सहयोग पुग्ने विश्वास घिमिरेले ब्यक्त गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार