images
images

संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोपाका कार्यकर्ता र प्रहरीबीच झडप

संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोपाका कार्यकर्ता र प्रहरीबीच झडप

बिहिवार, असोज ३ २०८१
बिहिवार, असोज ३ २०८१
  • संविधान दिवसको बिरोध गर्दै कालो दिन मनाउने क्रममा तमलोपाका कार्यकर्ता र प्रहरीबीच झडप

    जनकपुरधाम / संविधान दिवसलाई कालो दिन मनाउने क्रममा तराई(मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । 

    images
    images

    आज बेलुकी जनकपुरधामको जनकचोकमा संविधान जारी गर्दा मधेश आन्दोलनकारीहरुमाथि भएको दमन र प्रतिगमनको प्रतीकको रुपमा पुतला दहन गर्न खोज्दा तमलोपाका कार्यकर्ता र प्रहरीबीच छिनाझपटी र झडप भएको छ । 

    आजै बिहान तमलोपाका कार्यकर्ताहरुले स्थानीय भानुचोकमा कालो झण्डा गाडेर संविधान र मधेश आन्दोलनको क्रममा भएको दमनको बिरोध गरेका थिए ।

    “असोज ३ को दिन जारी भएको संविधानको घोषणा मधेश आन्दोलनकारीहरुको रगत र लाशमाथि उभिएर दमनचक्र चलाउँदै गरिएको हो । त्यसकारण यो दिन हाम्रो निमित्त कालो दिन हो र रहिरहन्छ”, तमलोपाको नेता बिभा ठाकुरले बताए । 

    “मधेश र मधेशीको निमित्त यो कालो दिन नै हो । यस दिनलाई हामी सदैव कालो दिनकै रुपमा मानिरहने छौं र हामीमाथि भएको दमनको स्मरण गराइ रहने छौं”, कार्यक्रमको संयोजक इश्वर पणडितले भने ।

    कार्यक्रममा तमलोपाका नेताहरु असगर अली, जोगी राय, रामजी राय, भोला झा, बिन्दु ठाकुर, बिमला साह, ब्रजकिशोर सिंह, सुभाष कर्ण, रमेश अधिकारी, भगिरथ लाल, जयनाथ नायक, नबीन सिंह, आदि नेताहरुका साथै दर्जनौं कार्यकर्ताहरुको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार