images
images

सिटी एक्सप्रेसको दशैं तिहार योजना, “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा”

सिटी एक्सप्रेसको दशैं तिहार योजना, “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा”

सोमवार, भदौ ३१ २०८१
सोमवार, भदौ ३१ २०८१
  • सिटी एक्सप्रेसको दशैं तिहार योजना, “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा”

    काठमाडौँ / सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरूको महान चाड २०८१ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ । 

    images
    images

    कम्पनीले १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा  आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने “१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा” उपहार योजना सार्वजनिक गरेको हो ।  

    सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टि भी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई  जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको छ । 

    कम्पनीका अनुसार यस “१८औं वर्षमा १८ गुणा , परिवार मा खुशी लाखौ गुणौें” अफर असोज १ देखि मङ्सिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

    सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुतmानी पनि गर्न सकिन्छ । उक्त कार्यक्रममा र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार