काटमाठौँ / नेपालमा कुखुराको अण्डाको मूल्य घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार सबैभन्दा ठूलो (एक्सएल) को प्रतिक्रेट मूल्य ६५ रुपैयाँले घटेको हो ।
यस्तै, ठूलो (लार्ज) प्रतिक्रेट ८० रुपैयाँले र मध्यम साइजको अन्डाको मूल्य प्रतिक्रेट ३५ रुपैयाँले घटेको छ ।
यससँगै सबैभन्दा ठूलो (एक्सएल)को प्रतिक्रेट मूल्य ४६० रुपैयाँ, ठूलो (लार्ज) प्रतिक्रेट ४३० रुपैयाँ र मध्यम साइजको अन्डाको मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ कायम भएको संघले जनाएको छ ।
अण्डा उत्पादन बढेसँगै भाउ घटेको संघले जनाएको छ ।