images
images

महाकाली नदीको जल सतह उच्च, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

महाकाली नदीको जल सतह उच्च, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

शुक्रवार, भदौ २८ २०८१
शुक्रवार, भदौ २८ २०८१
  • महाकाली नदीको जल सतह उच्च, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

    दोधारा / कञ्चनपुरमा लगातारको वर्षापछि नदीमा जलस्तर खतराको तह पार गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार जिल्लामा बाढीको जोखिम उच्च रहेको छ । 

    images
    images

    उनका अनुसार दोदा नदीको बाढीका कारण विस्थापित भएका ७० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । “भीमदत्त नगरपालिका–१२ स्थित रहेको भुजेला खोलालाई महाकाली नदीले समस्या बनाएको छ, बस्ती डुबानमा छन ।”

    प्रहरी निरीक्षक थापाले भने,“दोदा नदी, जोगबुढा नदी र महाकाली नदीमा पनि पानीको बहाव उच्च छ ।” उनका अनुसार दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदी पनि महाकाली नदीले समस्या बनाएको अवस्था छ। 

    यसका कारण बस्ती डुबानमा परेका छन् भने एकरदुई परिवार विस्थापित भएका छन् । त्यसैगरी लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाब बढेको छ । 

    पानीको बहाब बढेपछि शुक्रबार बिहानदेखि शारदा ब्यारेजको पुलमा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    प्रहरीका अनुसार महाकाली नदीमा पानीको बहाब तीन लाख ५१ हजार क्युसेक पुगेको छ । शारदा ब्यारेजको पुल जीर्ण भएको भन्दै पानीको बहाव एक लाख क्युसेक नाघ्ने वित्तिकै ठूला सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।

    जिल्लाका अन्य नदीमा पनि जलस्तर खतराको तह पार गरेको छ। वर्षा नरोकिएका कारण नदीमा जलस्तर अझै बढ्नसक्ने बताइएको छ । 

    नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता र पूर्व तयारी अपनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुरोध गरेको छ ।
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार