images
images

एक तोला गहनाको लागत १ लाख ८० हजार, अझैँ कति पुग्ला ?

एक तोला गहनाको लागत १ लाख ८० हजार, अझैँ कति पुग्ला ?

नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भयो । जुन मूल्य हालसम्म कै उच्च हो ।

शुक्रवार, भदौ २८ २०८१
शुक्रवार, भदौ २८ २०८१
  • एक तोला गहनाको लागत १ लाख ८० हजार, अझैँ कति पुग्ला ?

    काठमाडौँ / नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भयो । जुन मूल्य हालसम्म कै उच्च हो । तर, महासंघले सार्वजनिक गरेको यस मूल्य ज्याला र जर्ती बाहेकको हो । 

    images
    images

    यसमा ज्याला र जर्तीको खर्च जोड्दा सुनको भाउ प्रतितोला १ लाख ७९ हजार ७४५ रुपैयाँ रुपैयाँ पुग्नेछ । सामान्यतयाः सुन पसलेहरूले गरगहनामा १० प्रतिशत जर्ती राख्ने गरेका छन् । 

    पुराना गहनालाई नयाँ बनाउँदा भने यो खेर जाने व्यवसायीहरू बताउँछन् । त्यस्तै, १० प्रतिशत जर्ती र ५ प्रतिशत ज्यालाको पैसा थप लाग्ने व्यवसायीहरूको भनाइ छ । सुनका गहनाको प्रकृतिअनुसार जर्ती र ज्यालाको दर पनि फरक हुने गर्छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष मणी शाक्यले सुनको मूल्यमा ज्याला र जर्तीको खर्च औसतमा १५ प्रतिशत लाग्ने बताए । 

    “सामान्य, सादा डिजाइनको गरहगना बनाउने हो भने ज्याला र जर्तीको मूल्य ५/६ प्रतिशत पनि पर्छ । तर, अहिले विभिन्न डिजाइनको गरगहना लगाउने प्रचलन छ । सामान्य डिजाइन खासै रुचाइदैन । त्यसैले सुनको मूल्यको १५ प्रतिशत ज्याला र जर्तीको मूल्य जोडिन्छ” उनले भने, “अझै हिरा ज्वारा आदि जोड्ने भने १५ प्रतिशतभन्दा बढी लाग्छ ।”

    सुनका गहनाको प्रकृतिअनुसार जर्ती र ज्यालाको दर पनि फरक उनको भनाइ छ । 

    पछिल्लो समय सुनको मूल्य बृद्धि भएसँगै व्यापारमा पनि उच्च गिरावट आएको व्यवसायीहरू बताउँदै आएका छन् । सुनको मूल्य अचाक्ली बढेसँगै निम्नमध्यम वर्गीय परिवारका लागि सुनका गरगहना लगाउनु सपनाजस्तै बन्न पुगेको छ ।

    अझैँ कति पुग्ला ? 

    नेपाली बजारमा सुनको मूल्यले दिनानुदिन नयाँ रेर्कड कायम गदै छ । भदौँ २६ गते बुधबार मात्रै सुनको मूल्यले १ लाख ५३ हजार ४ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको थियो ।

    हाल अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.४४ प्रतिशतले बढेर प्रतिऔँस २ हजार ५ सय ६९. ४७ डलर कायम भएको छ । अब यो मूल्य बढेर २०२७ सम्म्मा ३ हजार डलर पुग्ने विश्वका अर्थशास्त्रीहरूको अनुमान रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष्य तेजरत्न शाक्यले जानकारी दिए । 

    सुनको तौल प्रतिऔँस बराबर ३१.१ ग्राम हुन्छ । सुनबाहेक अन्य वस्तुमा भने प्रतिऔँस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ । त्यस्तै, प्रतितोला सुन ११.६६४ ग्राम बराबर हुन्छ ।

    यदी, सुनको मूल्य प्रतिऔँश ३ हजार डलर पुगेमा नेपालमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ भन्दा बढी पर्ने शाक्यले बताए । 

    ‘अन्य सेक्टरमा पनि लगानी गर्ने वातावरण छैन । त्यसैले सुनमा आर्कषण बढेको छ,’उनले भने, ‘पछिल्लो समय सुनको माग बढिरहेको छ । अहिले नै मूल्य घट्ला जस्तो छैन ।’ 

    नेपाली बजारमा सुनचाँदी खरिद बिक्रीको सिजन सुरु भएपनि मुल्य बढेको कारण व्यापारीहरूमा उत्साह छैन । सुनको मूल्यको तुलनामा सर्वसाधारणको आम्दानी नभएको भन्दै उनले थपे, ‘व्यापार राम्रो हुन्छ जस्तो लाग्दैन । व्यवसायीहरू निराश छन् ।’ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार