images
images

सुनको मूल्यमा रेकर्ड ब्रेक, एकैदिन प्रतितोला ३ हजार बढ्यो

सुनको मूल्यमा रेकर्ड ब्रेक, एकैदिन प्रतितोला ३ हजार बढ्यो

शुक्रवार, भदौ २८ २०८१
शुक्रवार, भदौ २८ २०८१
  • सुनको मूल्यमा रेकर्ड ब्रेक, एकैदिन प्रतितोला ३ हजार बढ्यो

    काठमाडौँ / नेपाली बजारमा शुक्रबार सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर बढ्दै १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको हो । 

    images
    images

    यो मूल्य हालसम्मकै उच्च हो । बिहीबार तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको सुनको मूल्य आज एकै दिन ३ हजार रुपैयाँले बढेको छ । 

    पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । बुधबार मात्रै सुनको मूल्यले १ लाख ५३ हजार ४ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धिका साथै आन्तरिक बजारमा सुनको भन्सार बढाइएका कारण मूल्यमा प्रभाव देखिएको बताइएको छ । 

    यता, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेर १ हजार ८६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार