images
images

महासंघ र सिमिटको सहकार्यमा कार्यशाला गोष्ठी आयोजना, कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास भइरहेको कृषि मन्त्रीको दावी

महासंघ र सिमिटको सहकार्यमा कार्यशाला गोष्ठी आयोजना, कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास भइरहेको कृषि मन्त्रीको दावी

शुक्रवार, भदौ २८ २०८१
शुक्रवार, भदौ २८ २०८१
  • महासंघ र सिमिटको सहकार्यमा  कार्यशाला गोष्ठी आयोजना, कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास भइरहेको कृषि मन्त्रीको दावी

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको छ ।
    केन्द्र र सिमिटको आयोजनामा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरूको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको हो ।
    महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको उपस्थितिमा सो कार्यक्रम भएको थियो ।

    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका मन्त्री अधिकारीले मुलुकको अति नै महत्वपूर्ण विषय लघु साना तथा मझौला कृषि उद्यमका अवसर र चुनौती विषयक कार्यशाला गोष्ठी आयोजनाको लागि आभारी रहेको बताए । 

    सरकारले कृषि क्रान्तिको लागि कृषि दशक २०८१-२०९१ मनाउन लागेको जानकारी गराउँदै मन्त्री अधिकारीले कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास भएको जानकारी गराए । 

    सो अवसरमा मन्त्री अधिकारीले महासंघ कृषि उद्यम केन्द्रद्वारा आयोजित गोष्ठीको निष्कर्ष कृषि दशकको लागि मार्ग दर्शक बन्न सकोस् भन्ने कामनासमेत गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले कार्यशाला गोष्ठिले नेपालमा क्रियाशिल लघु, साना तथा मझौला उद्यमीहरूले भोगिरहेका समस्यामाथि छलफल हुने र ती समस्याहरूको निराकरण गर्न सबैपक्ष मिलेर कार्य गर्ने वातावरण निर्माण हुने आशा लिएको बताए । 

    महासंघ सदैब लघु, साना तथा मझौला उद्यमीहरूलाई केन्द्रमा राखेर कार्य गरिरहेको र यसमा पनि महासंघको कृषि क्षेत्र हेर्ने गरी स्थापना भएको कृषि उद्यम केन्द्रले कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरूकालागि, स्थापना कालदेखि नै कार्य गर्दै आईरहेको बताए । 

    युएसएआइडीको सहयोगमा CIMMYT द्वारा सञ्चालित नेपाल सिड एण्ड फर्टिलाइटर (NSAF) प्रोजेक्टले लघु, साना तथा मझौला उद्यमहरूलाई सहयोग कार्यक्रम सञ्चालनका लागि FNCCI/ AEC सँग सहकार्य गरेकोमा धन्यवाद व्यक्त गरे । 

    NSAF परियोजनाले नेपालको कृषि रूपान्तरणका लािग महत्वपूर्ण योगदान गरिरहेको, यसले मकै लगायतका बालीहरूलाई गर्ने प्रबद्र्धनबाट देशमा वर्षेनी बढ्दै गएको मकैको मागलाई सम्बोधन गर्न योगदान पुर्याईरहेकोमा अध्यक्ष ढकालले खुशी व्यक्त गर्दै यस्तोमा CIMMYT ले नेपालमा मकैको बिऊ सुधारका साथै उत्पादन र उत्पादकत्व बृद्धिका कार्य गर्ने गरी NSAF परियोजना सञ्चालन गर्नु सुखद रहेकोले यस्ता परियोजनाहरू निरन्तर सञ्चालित हुनपर्ने बताए ।


    नीजि क्षेत्रको प्रतिनीधको रूपमा आबश्यक पर्ने सहयोगका लागि सदैब तत्पर रहको बताउनुहुँदै अध्यक्ष ढकालले व्यवसाय मैत्री बाताबरण श्रृजनाका लागि सबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने आजको आबश्यकतालाई नीजि क्षेत्रको तर्फबाट सहकार्यका लागि आह्वान समेत गरे । 

    कृषि व्यवसाय मात्र होईन सबै क्षेत्रमा नीजि उद्यमीहरू व्यवसायिक बातावरणको अपेक्षा गर्दछन् । त्यसकालागि सबै पक्ष मिलेर काम गर्न अनुरोधसहित कार्यशालाले यसै दिशातीर निष्कर्ष निकाल्न सफल हुने विश्वास लिंदै निमन्त्रणालाई स्विकार गरी यस उदघाटन सत्रमा सहभागी हुनु भएका सबैलाई आयोजकको तर्फबाट आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरे । 

    कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कृषि उद्यम केन्द्रका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य डि.बी. बस्नेतले NSAF ले गरेको कामहरूको बारेमा उल्लेख गरे । 

    २०४८ सालमा नेपाल उद्योग वाणिज्य महासंघको कृषिसंग  सम्बन्धित एकाईको रूपमा स्थापना भएको कृषि उद्यम केन्द्र स्थापनामा  नेपाल स्थित अमेरिकन सहयोग नियोग युएसएआडिको ठूलो भूमिका रहेको बताए । 

    स्थापनाकालदेखि हालसम्म ३३ वर्षको यात्रामा कृषि उद्यम केन्द्रले कृषि व्यवसाय प्रबद्र्धनमा महत्वपूर्ण योगदान गरेको साथै यसले नीतिगत पैरवी गर्दै  सरकारसँग नीति विकासमा हातेमालो गर्दै थुप्रै नीतिहरू बिकासमा कृषि उद्यम केन्द्रको महत्त्वपूर्ण योगदान रहेको सभापति बस्नेतले बताए । 

    यसका साथै केन्द्रले बिभिन्न बिकास साझेदारहरूसँग मिलेर कृषि व्यवसाय प्रबद्र्धनका लागि सञ्चालित बिभिन्न आयोजना, परियोजनाहरू कार्यान्वयन साझेदारको रूपमा रहि योगदान रहेको समेत सभापति बस्नेतले जानकारी गराए । 

    कृषि उद्यम केन्द्रले, नेउवामहासंघले अबलम्बन गरेको सार्वजनिक नीजि साझेदारी अवधारणा अनुरूप नेपाल सरकारसँग साझेदारी गरी ‘एक गाउँ एक उत्पादन कार्यक्रम (ओभीओपी)’ सञ्चालनमार्फत स्थानीय उत्पादनलाई प्रवद्र्धन, बजारीकरण, ब्रान्डिङ गर्ने कार्य १० बर्षे काम सफलतापूर्वक सञ्चालन गरेको स्मरण गर्दै सभापति बस्नेतले यस्ता कार्यक्रमहरूको आवश्यकता अहिले पनि रहेको बताए । 

    कृषि उद्यम केन्द्रलाई बिश्वास गरेर सिमिटले युएसआइडीको सहयोगमा सञ्चालन गरिरहेको ‘नेपाल वीउ तथा मल परियोजना NSAF मा ‘लघु, साना तथा मझोला उद्यमी सहयोग कार्यक्रम’ कार्यान्वयन गर्न सहकार्य गर्ने मौका दिनु भएकोमा सिमटि नेपाल टिम खासगरि यसका प्रमुख डा. द्युतिमान चौधरी प्रति आभार व्यक्त गर्दै सभापति बस्नेतले परियोजना मुख्यतया मकै, धान, मसुरो, तोरि, आलु लगायतका बाली केन्द्रित रहेको बताए । 

    सन् २०२३ सेप्टेम्बरबाट सुरु भएको सहकार्यअनुसार कृषि उद्यम केन्द्रले फिल्डमा कार्यक्रमहरू सफलतापूर्वका कार्यान्वयन गरिरहेको र अझै राम्रो परिणाम आउने गरी सहकार्यको अन्तिम अवधि नेभेम्बर २०२४ सम्म कार्यान्वयन गरि नै रहने प्रतिबद्धता व्यक्त गर्नुहुँदै सभापति बस्नेतले आगामी दिनमा पनि कार्यक्रमको निरन्तरताको अपेक्षा समेत रहेको बताए । 

    कार्यक्रममा बोल्नुहुँदै कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव सबनम शिवाकोटीले सरकारले घोषणा गरेको कृषि लगानी वर्षमा यस गोष्ठीमा उठान भएका विषय वस्तुलाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

    सोही अवसरमा सिमिटका आवासीय प्रतिनिधी एवं परियोजना संयोजक डा. द्युतीमान चौधरीले सिमिटले लामो समयदेखि मकै बाली लगायतको क्षेत्रमा कार्य गर्दै आइरहेको र हाल महासंघ कृषि उद्यम केन्द्र संगको सहकार्यमा संचालित परियोजनाको परिणाम राम्रो आएकोमा खुशी व्यक्त गरे ।

    त्यसैगरी कार्यक्रममा बोल्नुहुँदै इकोनोमिक ग्रोथ अफिस युएसएआइडि नेपालका उपनिर्देशक जुडिथ आल्मोडोभरले नेपाल बिऊ तथा मल परियोजना/सिमिट र एफएनसिसिआई एइसी संगको सहकार्यमा भएको कामको परिणाम राम्रो देखिएको प्रभावकारी ढंगले परियोजनाबाट भएकोमा सहकार्य सफल भएको अनुभुति भएको र आगामी दिनमा थप सहकार्य हुन सक्ने बताए । 

    यसैगरी, राष्ट्रिय सहकारीका अध्यक्ष ओम देवी मल्लले नेपालमा सहकारीको १८ वटा क्षेत्र भएतापनि १७ वटाबाट अन्य काहरू भैरहेको र १ बाट कृषि सहकारीको काम हुने गरेको जानकारी गराइन् । 

    साथै, उनले सहकारीबाट उत्पादीत चिया एवं दुधको बजारीकरणमा समस्या भएतापनि अन्य उत्पादनहरूको अन्तर्राष्ट्रिय व्यापार सफल रहेको जानकारी गराइन् । 

    वार्षिक ५ मेट्रिक टन भन्दा बढी कफी विदेश निर्यात हुने गरेको र ३ अर्व भन्दा बढी जडीबुटीको वार्षिक कारोबार हुने गरेको बताइन् । सहकारी मार्फत संचालित लघु, साना तथा घरेलु उद्योग ५०० भन्दा बढी उद्योगहरू सफल रहेको समेत जानकारी गराइन् । 

    त्यस्तै, अध्यक्ष मल्लले नेपालमा सहकारी मार्फत कोप मार्टहरूको सुरुवात भएकोमा खुशी समेत व्यक्त गर्नुहुँदै  कृषि क्षेत्रमा रहेको समस्यालाई सम्बन्धित सबै निकाय मिलेर समाधान गर्नुपर्ने धारणा समेत राखिन् । 

    कार्यक्रमलाई संबोधन गर्नुहुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले देशको रोजगारीको सबै भन्दा धेरै हिस्सा ओगटेको लघु, घरेलु तथा साना उद्योगको योगदान प्रशंसनीय रहको बताए । 

    सरकारले सर्टिफिकेसनमा रहेको समस्या समाधानमा पहल भैरहेको, रैथाने बालीको प्रबद्र्धनमा सरकारले सहायोग गरिरहेको, ईन्नोभेटिभ काम गर्नेलाई पुरस्किृत गर्ने परिपाटिको विकास भएको लगायतको विषयमा जानकारी गराउँदै सचिव राउतले ब्अत संशोधनको काम भैरहेको जानकारी गराए । 

    एसएम्इजलाई प्रवद्र्धन गर्ने विषयमा केन्द्रित रहेको र त्यसकालागि निजीक्षेत्रको भूमिका महत्वपूर्ण रहेकोले सहकार्यकालागि अनुरोध समेत गरे । 

    त्यसैगरी कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले नेपाल कृषि प्रधान देश भएता पनि कृषिमा आत्मनिर्भर हुन नसकेकोमा दुख व्यक्त गर्दै कृषिमा क्रान्तिको आवश्यकता रहेको बताइन् । 

    साथै कृषि क्षेत्रमा रहेको समस्या सबै कृषि विधेयकमा समेट्ने प्रतिबद्धता व्यक्त गरिन् । 

    दुई दिने कार्यशाला गोष्ठीमा लुम्बीनी र सुदूरपश्चिम प्रदेशका कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका साथै देशका विभिन्न जिल्लाका कृषि उद्यमी तथा जिल्ला स्तरका उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

    कार्यक्रममा केन्द्रिय स्तरबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायत सरकारी तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    यसैगरी महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यशाला गोष्ठिले नेपालमा क्रियाशिल लघु, साना तथा मझौला उद्यमीहरूले भोगिरहेका समस्यामाथि छलफल हुने र ती समस्याहरूको निराकरण गर्न सबैपक्ष मिलेर कार्य गर्ने वातावरण निर्माण हुने आशा लिएको बताए । 

    1.JPG

    महासंघ सदैब लघु, साना तथा मझौला उद्यमीहरूलाई केन्द्रमा राखेर कार्य गरिरहेको र यसमा पनि महासंघको कृषि क्षेत्र हेर्ने गरी स्थापना भएको कृषि उद्यम केन्द्रले कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरूकालागि, स्थापना काल देखि नै कार्य गर्दै आईरहेको बताए । 

    नीजि क्षेत्रको प्रतिनिधिको रूपमा आबश्यक पर्ने सहयोगका लागि सदैब तत्पर रहको बताउनुहुँदै अध्यक्ष ढकालले व्यवसायमैत्री वातावरण श्रृजनाका लागि सबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने आजको आबश्यकतालाई निजी क्षेत्रको तर्फबाट सहकार्यकालागि आह्वान समेत गरे । 

    कृषि व्यवसाय मात्र होइन सबै क्षेत्रमा निजी उद्यमीहरू व्यवसायिक बातावरणको अपेक्षा गर्ने उनले बताए । 

    त्यसका लागि सबै पक्ष मिलेर काम गर्न अनुरोधसहित कार्यशालाले यसै दिशातीर निष्कर्ष निकाल्न सफल हुने विश्वास लिंदै निमन्त्रणालाई स्वीकार गरी यस उद्घाटन सत्रमा सहभागी हुन  सबैलाई आयोजकको तर्फबाट आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार