images
images

दशैँको अग्रिम टिकट बुकिङ खुलाउनेबारे निर्णय हुन बाँकी, भाडा बढ्ला ?

दशैँको अग्रिम टिकट बुकिङ खुलाउनेबारे निर्णय हुन बाँकी, भाडा बढ्ला ?

बाटो र बर्षाको कारणले यसपालिको यात्रा सहज नहुने

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • दशैँको अग्रिम टिकट बुकिङ खुलाउनेबारे निर्णय हुन बाँकी, भाडा बढ्ला ?

    काठमाडौँ / हिन्दुहरूको प्रमुख चाडपर्व दशैँ-तिहार नजिकिँदै गर्दा राजधानीबाट बाहिरिने यात्रुको लागि अग्रिम टिकट बुकिङ चासोको विषय बनेको छ । 

    images
    images

    यस बर्ष दशैँमा आफ्नो गन्तब्यमा जाने यात्रुका लागि दशैँको अग्रिम टिकट बुकिङ कहिले देखि खुल्ला ? यो सबैको जिज्ञासाको बिषय हो ।यसपटकको दशैँको टिका असोज २६ गते परेको छ । दिन मात्रै गन्दा पनि अबको १५/१६ दिनपछि नै दशैँको रमझम सुरु हुन्छ । 

    तर, देशभरका सडकहरूमा निम्तिएको बाढी पहिरोको वितण्डा र बर्षौसम्म सडक बन्न नसक्दा कसरी आफ्नो गन्तव्यसम्म पुग्ने भन्ने पनि चिन्ताको विषय रहेको छ । 

    सडकको दुरावस्था, बर्षा अनि बर्षाकै कारण पहिरो आउँदा देशभरका सडकहरू अवरुद्ध हुने क्रम जारी छ । यस्तै, अवस्था रहिरहेको अवस्थामा भने दशैँमा काठमाडौँ छाडेर बाहिरिने यात्रुहरूलाई भने सास्ती हुने निश्चित छ । तर, अघिल्ला बर्षहरूमा दशैँको घटस्थापनाको १ महिना अघि नै खुल्ने अग्रिम टिकट बुकिङको प्रक्रिया यसबर्ष अझैसम्म सुरु भएको छैन ।

    के भन्छन् व्यवसायीहरू ? 

    हरेक बर्ष दशैँका लागि अग्रिम टिकट बारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागका अधिकारीबीच बैठक बसी सोही अनुसार छलफल गरेर निष्कर्ष निकाल्ने गरिन्थ्यो । तर, यस बर्ष भने अहिलेसम्म पनि सम्बन्धित सरोकारवाला निकायहरू छलफल नजुटेको व्यवसायीहरू बताउँछन् । 

    गत बर्ष असोजको पहिलो सातामा बैठक बसेर टिकट बुकिङ् खुलेको र यस बर्ष पनि त्यस्तै हुने व्यवसायीहरू बताउँछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष बिजय स्वाँरले असोजको पहिलो साता विभागमै बसेर यस बिषयमा निर्णय हुने बताए । 

    मौसमविद्ले असोजसम्म नै मनसुनको प्रभाव हुने भनिरहेको र बर्षाका कारण बाढी पहिरोले गर्दा बाटोको समस्या रहेको उनले बताए । उनले भने, “बाटोको समस्या मूख्य चुनौति छ । गाडिहरू समयमा आइपुग्न सक्दैनन् ।” 

    हरेक बर्षजसो दशैँ मनाउनकै लागि नेपालभरका १० देखि १५ लाख यात्रुहरू काठमाडौँबाट बाहिरिने गर्दछन् । 

    खासगरी गृह मन्त्रालयले सडक यात्राका क्रममा हुने दूर्घटना न्युनीकरण, पाकेटमार, यात्रु हराउनेलगायतका समस्याको समाधानका लागि पहिल्यै सोही अनुसारको काम गर्ने गरेको छ । 

    दशैँकै लागि भन्दै ट्राफिक प्रहरी कार्यालयहरूले पनि विभिन्न स्थानमा सहजीकरण स्टलहरू राख्ने गरेका छन् । यस बर्ष अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्ने भन्ने विषयसँगै भाडा दरलगायतका अन्य विषयमा समेत टुङ्गो लाग्ने अध्यक्ष स्वाँरले बताए । 

    “असोजको पहिलो हप्तातिर छलफल गर्दा भइहाल्छ । बुकिङका लागि ८/१० दिन भए पुगिहाल्छ । धेरै लामो समय चाहिदैन,” अध्यक्ष स्वाँरले भने । यद्यपि, बाटो र बर्षाको कारणले गर्दा गत बर्षभन्दा पनि यसपालि गाह्रो हुने उनले बताए । 

    “गत बर्ष पनि बाटोका कारण समयमा गाडि नआएपछि उपत्यकामा चल्ने गाडिहरू पनि बुकिङ गर्नुपरेको थियो,” उनले भने, “म्यानेज हुन्छ तर त्यो सुखद् र सामान्य अवस्थाको हुँदैन ।”

    भाडादर बढ्ला ? 

    अध्यक्ष स्वाँरका अनुसार सार्वजनिक यातायातको भाडादर समायोजन नभएको भयो । दुई तीन बर्षअघि चैत मसान्तमा गर्ने भनेर निर्णय नै भएको भए पनि चाडबाडपछि गर्ने भन्दै पछि सारिएको उनले बताए । यस बिषयमा सरकारले बुझ्नुपर्ने अध्यक्ष स्वाँरको भनाइ छ । 

    “महँगी बढेको छ । हाम्रो पीडा बुझिदिने कोही छैन । लोन तिर्नुपर्ने बाध्यताले गाडि छोड्न पनि सकिदैन,” उनले भने, “सार्वजनिक यातायात दिगो हुनुपर्छ भन्ने सोच कसैको भएन । राम्रो भएन भनेर कम्प्लेन गरिन्छ तर कसरी राम्रो हुन्छ भन्ने विषयमा सोचिदैन ।”

    भाडा दर पर्याप्त मात्रामा भए ठगी र बार्गेनिङ नहुने उनको दावी छ । यद्यपि, आफूहरूको अभिभावक सरकार भएको र सरकारले नै तोकेको भाडादरमा गाडि कुदाउने उनले बताए । 

    टिकट डिजिटलाइज गर्ने तयारी 

    यस बर्ष दशैँको अग्रिम टिकट बुकिङ अनलाइनबाट पनि गर्न सकिने व्यवस्था गरिने प्रयास भइरहेको अध्यक्ष स्वाँरले जानकारी दिए । सो व्यवस्था भएमा यात्रुहरूको सहजता अनुसार अनलाइन र अफलाइन दुबै माध्यमबाट टिकट काट्न सकिनेछ । 

    यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले हालसम्म अग्रिम टिक बुकिङ खुलाउने विषयमा टुङ्गो नलागेको बताए । सामान्य छलफल हुने गरेको भए पनि निष्कर्षमा नपुगेको उनको भनाई छ । 

    अहिलेदेखि नै हवाई टिकट बुकिङ सुरु 

    दसैँमा आवतजावत गर्ने महत्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातको रुपमा हवाईसेवालाई लिइन्छ । 

    एयरलाइन्सहरूले दसैँका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैनन् तर पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरूले दसैँलाई भन्दै अग्रिम बुकिङ थालिसकेका छन् ।

    वायुसेवा सञ्चालक सङ्घका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको छ । 

    आन्तरिक उडानका अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरको अग्रिम बुकिङ धमाधम भइरहेको एयरलाइन्स कम्पनीहरूले जनाकारी दिए । 

    कहाँको भाडादर कति ?

    news.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार