images
images

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल

आइतवार, भदौ २३ २०८१
आइतवार, भदौ २३ २०८१
  • नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल
    images
    images

    काठमाडौँ / नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छिन् ।

    उनले आइतबारबाट प्रबन्ध निर्देशकको कार्यभार सम्हालेकी टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले जानकारी दिए । 

    पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्‌भावका लागि धन्यवाद दिइन् ।

    पदको गरिमा र ​आफूप्रति सबैको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजाने उनको प्रतिबद्धता छ ।

    यसअघि उनले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

    यही भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई चार वर्षको पदावधि रहने गरी कम्पनीको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।

    नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन् ।

    उनी २०४९ चैत २३ गतेबाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार