काठमाडौँ / नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य स्थिर रहेको छ । विगत तीन दिनदेखि नै सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै बिहीबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३० हजार ३१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा सामान्य वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ७५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।