images
images

दैनिक रेकर्ड मूल्यमा सुनको भाउ, आज बढेर कति पुग्यो ?

दैनिक रेकर्ड मूल्यमा सुनको भाउ, आज बढेर कति पुग्यो ?

बिहिवार, भदौ १३ २०८१
बिहिवार, भदौ १३ २०८१
  • दैनिक रेकर्ड मूल्यमा सुनको भाउ, आज बढेर कति पुग्यो ?

    काठमाडौँ / सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । अमेरिकी डलरको मूल्यमा दैनिक बृद्धि भएसँगै सुनको मूल्य पनि दैनिक बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको भाउ आकाशिएको हो । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्यसूची अनुसार आज बिहीबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ । 
    यससँगै नेपाली बजारमा सुन प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ पुगेको छ । बुधबार भने प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ रहेको थियो ।

    यता, चाँदीको भाउ भने प्रतितोला २५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर १ हजार ८ सय ३० रुपैयाँ पुगेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार