images
images

‘नाडा अटो शो’ मा गाडि किन्दा ग्राहकहरूले १० लाखसम्म छुट पाइने, कुन ब्राण्डमा कति ?

‘नाडा अटो शो’ मा गाडि किन्दा ग्राहकहरूले १० लाखसम्म छुट पाइने, कुन ब्राण्डमा कति ?

उत्पादक तथा बिक्रेता कम्पनीहरूले अवलोकनकर्ता ग्राहकहरूलाई आकर्षित गर्न विभिन्न बम्पर अफर ल्याइरहेका छन् ।

बुधवार, भदौ १२ २०८१
बुधवार, भदौ १२ २०८१
  • ‘नाडा अटो शो’ मा गाडि किन्दा ग्राहकहरूले १० लाखसम्म छुट पाइने, कुन ब्राण्डमा कति ?

    काठमाडौँ / मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो २०२४’ बिक्रेता कम्पनीहरूबिच धेरैभन्दा धेरै गाडि बिक्री र बुकिङ गराउन प्रतिस्पर्धा चलिरहेको छ ।

    images
    images

    सोही क्रममा उत्पादक तथा बिक्रेता कम्पनीहरूले अवलोकनकर्ता ग्राहकहरूलाई आकर्षित गर्न विभिन्न बम्पर अफर ल्याइरहेका छन् ।

    नाडा अटो शोमा अटोप्रेमी ग्राहकहरू आउने भएका कारण यस अवसरमा नयाँ नयाँ ब्राण्डका सवारी साधनहरूसमेत सार्वजनिक भइरहेका छन् । नाडा अटो शो र चाडपर्वको अवसरमा विभिन्न ब्राण्डका गाडिहरूले आकर्षक छुट तथा उपहारहरूसमेत प्रदान गर्ने गर्छ । बजारमा नयाँ ब्राण्डका सवारी साधन आउने र छुट पनि पाइने हुँदा गाडि किन्न चाहनेहरू यसै समयको प्रतिक्षामा हुन्छन् । 

    अहिले चलिरहेको नाडा अटो शोमा बिक्रेताका लागि विभिन्न ब्रान्डले एक लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्मको छुट अफर सार्वजनिक गरेका छन् । 

    नाडा अटो मोबाइल्स एसोसिएसन नेपालद्वारा आयोजित सवारीसाधनको कुम्भ मेला नाडा अटो शो भदौ ११ गतेदेखि १६ गतेसम्म चल्नेछ । यस अवधिमा गाडि बुकिङ तथा खरिद गर्दा ग्राहकहरूले आकर्षक छुट पाउनेछन् । 

    कुनमा छुट कति ?  

    सेरेस-थ्रीः दुवै भेरियन्टको मूल्य घट्यो

    नाडा अटो शो, २०२४ को अवसरमा एमएडब्लू वृद्धि मोटोकर्पले सेरेस-३ मा भारी छुटको घोषणा गरेको छ । दसैँ तिहार तथा छठ चाडबाड विशेष नाडा अटो शोको अवसरमा कम्पनीले सेरेस–थ्रीको मूल्य ४ लाख १२ हजार रुपैयाँले घटाएको हो । 
    कम्पनीका अनुसार अब कम्फर्ट भेरियन्ट ४५ लाख ४९ हजारमा खरिद गर्न सकिनेछ । यसअघि यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ थियो ।

    त्यस्तै, कम्पनीले प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ८७ हजार रुपैयाँमै खरिद गर्न सकिने बताएको छ । यसअघि सेरेसको प्रिमियम भेरियन्टको मूल्य ५२ लाख ९९ हजार थियो ।  

    सेरेस-थ्रीमा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स छ । यसमा ९९ किलोवाटको मोटर छ भने ब्याट्री भने ५२.७ किलोवाट आवर क्षमताको पाउन सकिन्छ । यसमा चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, ३६० डिग्री क्यामेरा, ड्यास क्याम, एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल टाइम अफलाइन जीपीएस पाउन सकिन्छ ।

    newss3.PNG

    ‘जिकर एक्स’ मा १० लाख छुट

    प्रसिद्ध चिनियाँ ब्रान्ड जिलीको प्रिमियम ईभी जिकर–एक्स टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ दुवै अप्सनमा आएको छ । सारडा गुरुपअन्तर्गतको पायोनियर मोटोकर्पले नाडा अटो शोमा प्रदर्शनीमा राखेको जिकर एक्समा १० लाख रुपैयाँ छुट अफर दिएको हो । 

    कम्पनीले नाडा अटो शोमा टु ह्वील ड्राइभ भेरियन्टको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसअघि टु ह्वील ड्राइभको मूल्य ८९ लाख ९९ हजार रुपैयाँ रहेको थियो । त्यसैगरी फोर ह्वील ड्राइभ भेरियन्टको मूल्य १ करोड ४९ लाख रुपैयाँ तोकिएको छ । यसअघि फोर ह्वील ड्राइभ भेरियन्टको मूल्य १ करोड ५९ लाख ९९ हजार थियो । 

    यी दुई भेरियन्टमा मूल्यमा ठूलो अन्तर हुनुमा मोटर पावर मुख्य कारण रहेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार केही महंगो प्रिमियम फोर ह्वील ड्राइभ भेयरन्टमा कम्पनीले रियर ह्वील ड्राइभमा २०० किलोवाट र अल ह्वील ड्राइभमा ३१५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिएको छ ।

    जिकर एक्सले २२ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्छ । यसमा रहेको एसी चार्जरले नै ४ घण्टामा गाडी फुल चार्ज गर्न सक्ने भने डिसी चार्जरले भने १५० किलोवाटसम्मको सपोर्ट गर्ने कम्पनीको दाबी छ ।

    newsz.PNG

    एमजी जेडएस ईभीमा ६ लाख रुपैयाँ छुट 

    एमजी जेडएस ईभी डिलक्स स्ट्यान्डर्ड भर्सनको मूल्य घटेको छ । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी जेडएस ईभीमा ६ लाख रुपैयाँ छुट दिने घोषणा गरेको हो ।

    कम्पनीले जेडएस ईभी डिलक्स स्ट्यान्डर्डको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो मूल्य अक्टोबर ५ सम्मका लागि लागु हुने कम्पनीले जनाएको छ । यसअघि यो विद्युतीय एसयूभीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ थियो । 

    एमजी जेडएस ईभीमा ५१ किलोवाट आवरको ब्याट्री छ भने ९९ किलोवाट आवरको इलेक्ट्रिक मोटर छ । साथै, सुरक्षा र विभिन्न सेवासुविधामा समेत अब्बल एमजी जेडएस ईभीमा ६ वटा एयरब्याग्स, हिल लन्च, असिस्ट, स्पीड असिस्टेन्स सिस्टम, वायरलेस चार्जिङलगायतका सुविधा छन् ।

    newsmzs.PNG

    ओमोडा ई-५ र ओमोडा ई-५ डिलक्समा डेढ लाखसम्मको छुट

    ओमोडाको आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले ओमोडा ई-५ नयाँ डिलक्स भेरियन्टमा पनि नाडा शो अवधिभर छुट अफर सार्वजनिक गरेको छ । कम्पनीले ओमोडा ई-५ लक्जरी भेरियन्टमा १ लाख ५० हजार रुपैयाँ छुट दिइने जनाएको छ भने कम्पनीले अर्को भेरियन्ट ओमोडा ई-५ डिलक्समा पनि १ लाख रुपैयाँ छुट दिएको छ । 

    नाडा अवधिभर ग्राहकले ओमोडा ई-५ ६० लाख ४९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । यसअघि यसको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ थियो । यस्तै, अर्को भेरियन्ट ओमोडा ई-५ डिलक्स नाडा अवधिभर ग्राहकले ५४ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन् । यसअघि यसको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ थियो ।

    newsoe5.PNG

    जेक्को जे सिक्समा ३ लाख रुपैयाँ छुट 

    जेक्को जे सिक्समा ३ लाख रुपैयाँ छुट दिने घोषणा एसपीजी अटोमोबाइल्सले गरेको छ । कम्पनीले उक्त गाडी ६६ लाख ९९ हजारमा बिक्री गरिने बताएको छ । यसअघि यस गाडीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ थियो । कम्पनीले नाडा अवधिका लागि यो अफर सार्वजनिक गरेको जनाएको छ ।

    ४४०६ एमएम लम्बाई, १९१० एमएम चौडाई र १७१५ एमएम उचाई रहेको जे सिक्समा २७१५ एमएम लामो ह्विलबेस छ । चेरीको सब ब्राण्ड जे सिक्स १३५ किलोमिटर क्षमताको मोटर रहेको छ ।

    ६९.८ किलोवाट आवर क्षमताको ब्याट्री रहेको यस गाडीले एकपटकको चार्जमा ५०१ किलोमिटर माइलेज दिने कम्पनीको भनाइ छ ।

    newsj6.PNG

    पन्च इभिको पनि अटो शोपछि मूल्य बढ्ने

    टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रालिले नाडा अटो शोको लागि पन्च इभी सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको हो । साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको पनि घोषणा गरेको छ ।  

    बहुप्रतिक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्लेटफर्म आर्किटेक्चरमा आधारित टाटाको  पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त छ। १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन्।यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ।

    panch ev.JPG

    नाडा शो अवधिभरी लिपमोटरले पनि छुट 

    नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सले नाडा अटो शो अवधिभर मूल्य घटाएको छ । लिपमोटर सी १० को अधिकतम खुद्रा मूल्य (एमआरपी) ७१ लाख ९९ हजार रुपैयाँ भए पनि अटो सोमा सो गाडी खरिद गर्ने ग्राहकलाई ६९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

    यो गाडीमा स्टार एनक्याप सुरक्षा रेटिङ, ६९.९ किलोवाट ब्याट्री क्षमता, १६० किलोवाट पावर र ३२० एनएम टर्क, ४२० किमी रेन्ज र १९० मिमी ग्राउन्ड क्लियरेन्स फिचरहरू रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार