images
images

नाडा अटो शो २०२४ : गाडी किन्न कर्जाका लागि कुन बैंकको कस्तो अफर ?

नाडा अटो शो २०२४ : गाडी किन्न कर्जाका लागि कुन बैंकको कस्तो अफर ?

बुधवार, भदौ १२ २०८१
बुधवार, भदौ १२ २०८१
  • नाडा अटो शो २०२४ : गाडी किन्न कर्जाका लागि कुन बैंकको कस्तो अफर ?

    काठमाडौँ / मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा बृहत् नाडा अटो शो, २०२४ सुरु भएको छ । नेपालको अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्ने उद्देश्यले दुई दशक अघिदेखि प्रदर्शनीलाई निरन्तरता दिँदै नाडाले यस बर्ष पनि नाडा अटो शो आयोजना गरिएको हो । 

    images
    images

    नेपाल अटो मोबाइल्स एसोसिएसन (नाडा) द्वारा आयोजना भएको सवारीसाधनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ भदौ ११ गतेदेखि १६ गतेसम्म चल्नेछ । 

    यस वर्षको प्रदर्शनीमा चार पाङ्ग्रे २४ ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनीमा राखिएको छ । साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा छन् भने  ७ वित्तीय संस्थाहरूले प्रदर्शनीमा सहभागिता जनाएका छन् । 

    बैंकहरूद्वारा ९.९९ प्रतिशतसम्म ब्याजदर अफर 

    नाडा अटो शोमा भेहिकल मात्रै नभई बैंंक तथा वित्तीय संस्थाहरूको पनि सहभागीता रहेको छ । सवारीसाधन कर्जा विस्तार बढाउन बैंक तथा वित्तीय संस्थाहरुले मेलामा ग्राहकलाई सहुलियत र सस्तो ब्याजदरमा ‘अटो लोन स्किम’ सार्वजनिक गर्दै स्टल नै राखेका हुन्छन् । 

    यस पटकको अटो शोमा वाणिज्य बैंकको साथै विकास बैंकले पनि सहभागीता जनाएको छ । यी बैंकहरूले अटो शोमा गाडी किन्दा बैंंक तथा वित्तीय संस्थाहरूले आकर्षक सुविधा दिने भएका छन् । बैंकहरुले सस्तो ब्याजदरमा कर्जा दिनुका साथै ८० प्रतिशतसम्म फाइनान्सिङको सुविधा दिने भएका छन् ।  बैंकहरुले सवारी कर्जामा न्यूनतम ७.९९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्म ब्याजदर अफर गरेका छन् ।

    कुन बैंकको कस्तो अफर ? 

    ग्लोबल आईएमई बैंकबाट ७.९९ प्रतिशतमै ऋण पाउने

    newsg.PNG

    यस संस्करणको नाडा अटो शोमा गाडी किन्न चाहनेले ग्लोबल आईएमई बैंकबाट सस्तैमा कर्जा पाउने भएका छन् । बैंकले विद्युतीय कार (ईभी) किन्न चाहनेका निमित्त ७.९९ प्रतिशतमै ऋण दिने बताएको हो । यसअघिसम्म बैंकले १२.४१ प्रतिशतसम्मको ब्याजदरमा सवारी कर्जा प्रवाह गरिरहेको थियो । 

    बैंकका अनुसार ५ वर्षभन्दा कम अवधिको ईभी कर्जा स्थायी दर ७.९९ प्रतिशतमा उपलब्ध गराइनेछ । यसैगरी ५ वर्ष भन्दा बढी अवधिमा ऋण तिर्ने गरी ईभी किन्न ग्राहकलाई बैंकले ८.४९ प्रतिशतमा कर्जा उपलब्ध गराउनेछ ।

    बैंकले ग्रिन ड्राइभ ईभीमा एक्सक्लुसिभ अटो लोनको ब्याजदर यति कम तोकेको हो । यसैगरी इन्धनबाट चल्ने गाडी किन्न चाहने ग्राहकलाई बैंकले सुरुवाती ८.४९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । यो कर्जाको अवधि ५ वर्षभन्दा कम हुनेछ ।

    ५ वर्ष भन्दा बढी अवधिका लागि पेट्रोलियम कार किन्ने ऋण लिन चाहने ग्राहकलाई बैंकले ९.४९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले नाडा अटो शोमा स्टल नं.ई३२ मा जानकारी केन्द्र राखेको छ । थप जानकारीका लागि ग्लोबलले सोही स्टलमा भ्रमण गरेर लिन सकिने बताएको छ ।

    नबिल बैंकको विशेष अटो लोन योजना

    forex.JPG

    नबिल बैंक लिमिटेडले नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । यसअघिसम्म बैंकले न्यूतनतम ८.२५ प्रतिशतदेखि १०.६३ प्रतिशतसम्मको ब्याजदरमा सवारी कर्जा प्रवाह गरिरहेको थियो । यस योजनाअन्तर्गत, नबिल बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको आकर्षक प्रस्ताव ल्याएको छ । 

    यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पुर्याउने विश्वास बैंकले गरेको छ ।ग्राहकहरूको सुविधाका लागि नबिल बैंकले नाडा शोका क्रममा स्टल नम्बर ई१९ छुट्टै सेवा केन्द्र राखेको छ । शोमा सहभागी हुने ग्राहकहरूले गाडी छनोट गरी कर्जाको लागि अफर लेटर तुरुन्तै उपलब्ध गराइनेछ ।

    सानिमा बैंक १०.५५ प्रतिशतमै कर्जा उपलब्ध गराउने 

    newss.PNG

    सानिमा बैंकले ७ वर्षका लागि ८.४९ प्रतिशतदेखि १०.५५ प्रतिशत ब्याजदरमै सवारी कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । यसअघिसम्म बैंकले न्यूतनतम ९.३३ प्रतिशतदेखि ११.३३ प्रतिशतसम्मको ब्याजदरमा सवारी कर्जा प्रवाह गरिरहेको थियो ।

    बैंकले ७ वर्षका लागि स्थिर ब्याजदरमा ८.४९ प्रतिशत ब्याजमा कर्जा दिने जनाएको छ । परिवर्तित ब्याजदरमा भने ८.५५ प्रतिशतको आधार दरमा २ प्रतिशत प्रिमियम जोडेर १०.५५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउनेछ । यस अटो शोलाई लक्षित गर्दै बैंकले ०.२५ प्रतिशत सेवा शुल्क लिने जनाएको छ ।

    लक्ष्मी सनराइज बैंकले ८.९९ प्रतिशतमै कर्जा दिन  

    newsls.PNG

    लक्ष्मी सनराइज बैंकले नाडा अटो शो मा विद्युतीय सवारीलाई ७ वर्ष सम्मका लागि स्थिर ब्याजमा ८.९९ प्रतिशतमै कर्जा दिने जनाएको छ । यस अघि सवारी साधान कर्जामा बैंकले न्यूनतम ८.९९ प्रतिशतदेखि अधिकतम ११.७० प्रतिशतसम्म ब्याजदर लिइरहेको थियो । बैंकले ०.५ प्रतिशत सेवा शुल्क लिने जनाएको छ। त्यस्तै इन्धन सवारीमा ८.२५ प्रतिशतको आधार दरमा १ प्रतिशत प्रिमियम थप गरेर ९.२५ प्रतिशतको ब्याजमा कर्जा दिने घोषणा गरेको छ ।

    माछापुच्छ्र्रे बैंकको ९ प्रतिशत ब्याज अफर 

    newsm.PNG

    माछापुच्छ्र्रे बैंकले नाडा अटो शो लक्षित चारपांग्रे सवारीका लागि ९ प्रतिशत ब्याज अफर गरेको छ । हालसम्म सवारी कर्जामा यस बैंकले न्यूनतम ८.५० प्रतिशतदेखि अधिकतम ११ प्रतिशत ब्याजदर लिइरहेको थियो । बैंकले आफ्नो बेसरेटमा १ प्रतिशत मात्रै प्रिमियम थप गरेर ब्याजदर निर्धारण गरेको हो । हाल बैंकको बेसरेट ८ प्रतिशत छ ।

    महालक्ष्मी विकास बैंकद्वारा ९.९९ प्रतिशतमै सवारी कर्जा

    forex.JPG

    अटो शोमा सहभागी भएका बैंकहरुमा महालक्ष्मी विकास बैंकले एक मात्र विकास बैंकको रुपमा सहभागिता जनाएको छ । यस बैंकले अटो कर्जामा वार्षिक ९.९९ प्रतिशतको ब्याजदर घोषणा गरेको छ । महालक्ष्मी विकास बैंक मार्फत सवारी कर्जा लिन चाहाने ग्राहकहरूले स्टल नं. इ३३ मा सम्पर्क गर्नसक्ने बैंकले जनाएको छ ।

    हिमालयन बैंकले ९.५१ प्रतिशतसम्म कर्जा उपलब्ध गराउने 

    हाल भइरहेको नाडा अटो शो–मा हिमालयन बैंकले ९.५१ प्रतिशतसम्म कर्जा उपलब्ध गराउने बताएको छ । बैंकले विद्युतीय सवारीका लागि ८.८३ प्रतिशतको आधारदरमा ०.५३ प्रतिशत प्रिमियम जोडेर ९.३६ प्रतिशतमा र इन्धन सवारीका लागि ०.६५ प्रतिशत प्रिमियम जोडेर ९.५१ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ । बैंकले ०.५ प्रतिशत सेवा शुल्क लिने जनाएको छ ।

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ईभीमा आधार दरमा १ प्रतिशत प्रिमियम थप गरी कर्जा दिने योजना ल्याएको छ । ७ वर्षको अधिकतम अवधि रहेको कर्जामा ०.५ प्रतिशत सेवा शुल्क रहेको छ । ५० लाखभन्दा सानो कर्जामा भने कर्जा अवधि ५ वर्षसम्म मात्रै रहेको छ । न्धनबाट चल्ने गाडीमा भने आधार दरमा २ प्रतिशत प्रिमियम रहेको बैंकले जनाएको छ । यसमा पनि सेवा शुल्क भने ०.५ प्रतिशत छ ।

    कृषि विकास बैंकको सेवा शुल्कमा ३३ प्रतिशतको छुट योजना

    कृषि विकास बैंकले ब्याजदरमा ८२ प्रतिशत र सेवा शुल्कमा ३३ प्रतिशतको छुट योजना ल्याएको छ । बैंकले आधार दरमा १ प्रतिशतको फ्लोटिङ ब्याजदरको कर्जा योजना भए पनि नाडा अटो शोमा प्रिमियममा ८२ प्रतिशत छुटसहित ७.९९ प्रतिशत ब्याजदरमा कर्जा योजना ल्याएको जनाएको छ । स्थिर र अस्थिर दुवै किसिमबाट कर्जा लिन सकिने सुविधा दिएको बैंकले ७ वर्षसम्मको कर्जा अवधि राखेको छ । सवारी खरिदमा बैंकले ८० प्रतिशतसम्म लगानी गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार