images
images

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

बुधवार, भदौ १२ २०८१
बुधवार, भदौ १२ २०८१
  • सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / बुधबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बनेको हो । 

    images
    images

    यसअघि भदौ ५ गते बुधबार १ लाख ५३ हजार रुपैयाँ कायम भई कीर्तिमान कायम गरेको सुनको मूल्यले आज उक्त रेकर्ड तोड्दै नयाँ कीर्तिमान बनाएको हो । 

    मङ्गलबार सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको थियो । 

    आज भने प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य बढिरहेको छ ।

    नेपाली बजारमा सुनचाँदी कारोबारको सिजन सुरु भइसक्दा पनि मूल्य बढेका कारण बजार सुनसान रहेको व्यवसायहरूले गुनासो गर्दै आएका छन् । 

    यता, चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ८ सय ५० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय ५५ रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार