images
images

बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई युवा वर्ष मोती पुरस्कार

बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई युवा वर्ष मोती पुरस्कार

आइतवार, भदौ ९ २०८१
आइतवार, भदौ ९ २०८१
  • बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई युवा वर्ष मोती पुरस्कार

    काठमाडौँ / युवा बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’प्रदान गरिने भएको छ ।

    images
    images

    बालसाहित्य र रङ्गमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा श्रीवृद्धिका लागि योगदान पुर्‍याएवापत श्रेष्ठलाई सो पुरस्कार प्रदान गरिने भएको हो । 

    वरिष्ठ साहित्यकार प्रा.रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिको सिफारिसअनुसार वि.सं.२०८१ सालको पुरस्कार सर्जक केदार श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको हो।

    ४० वर्ष ननाघेका युवा सर्जकलाई ४० हजार नगद, स्वर्ण पदक र प्रमाण पदकसहित पुरस्कार हरेक वर्ष मोती जयन्ती कुशे औँसीको दिन प्रदान गरिँदै आएको छ ।

    नेपाली साहित्यमा युवा पुस्तालाई प्रेरणा दिने महत्त्वपूर्ण पुरस्कार मानिने यस पुरस्कार राष्ट्रिय विभूति साहित्यकार मोतीराम भट्टको सम्झनामा वि.सं. २०४२ मा स्थापना भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार