images
images

प्रधानमन्त्री ओलीलाई भेटे चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष वेईकुनले

प्रधानमन्त्री ओलीलाई भेटे चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष वेईकुनले

बिहिवार, भदौ ६ २०८१
बिहिवार, भदौ ६ २०८१
  • प्रधानमन्त्री ओलीलाई भेटे चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष वेईकुनले

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनले बिहीबार शिष्टाचार भेट गरेका छन् । 

    images
    images

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा बिहीबार नै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको छलफल र सहमतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ ।

    अर्थ मन्त्रालय चिनियाँ पक्षबीच काठमाडौं चक्रपथको कलंकीदेखि बसुन्धरा महाराजगञ्जसम्मको ८।२ किलोमिटर सडक निर्माण, हिल्सा–सिमिकोट सडक खण्डलाई दुई लेनमा स्तरोन्नति, मुस्ताङको कोरला नाकामा आइसिपी र आइसिडी निर्माण र अरनिको राजमार्गको मर्मत सुधार तथा पहिरो नियन्त्रणसम्बन्धी कार्यको सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी चारवटा छुट्टाछुट्टै सहयोग आदान प्रदानसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार