काठमाडौँ / बुधबार सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ५३ हजार पुगेको हो ।
मङ्गलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत आइतबार प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँसम्म पुगेको थियो ।
यता, चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । मङ्गलबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज १ हजार ८ सय ३५ रुपैयाँ पुगेको हो ।