images
images

कालदहमा किन लाग्छ मेला ? भ्यागुतोलाई भोज खुवाउँछन् किसान

कालदहमा किन लाग्छ मेला ? भ्यागुतोलाई भोज खुवाउँछन् किसान

सोमवार, भदौ ३ २०८१
सोमवार, भदौ ३ २०८१
  • कालदहमा किन लाग्छ मेला ? भ्यागुतोलाई भोज खुवाउँछन् किसान

    भक्तपुर / जनैपूर्णिमाका दिन बिहानदेखि मठमन्दिरमा भीड चुलिँदै जाँदा यहाँका किसान भने विभिन्न परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आफ्ना खेततिर लाग्ने गर्दछ । 

    images
    images

    गोलाकार पारेर काटिएका मूलाका चाना सिन्काले घोचेर भातमा अड्याइएको छ । छरिता रोटीसँगै विभिन्न तरकारी, क्वाँटीलगायत खानेकुरा ठूलो पातमाथि राखिएका छन् । 

    रक्षाबन्धन धागो र सिन्दूर पनि त्यसमै राखेर छेवैमा धुवाइरहेको सुगन्धित धूप बालेर त्यसलाई किस्तीमाथि राखेर यहाँका किसान खेतमा पुग्छन् । 

    आफ्ना खेतमा पुगेर आलीमा टुक्रुक्क बसेर भ्यागुतालाई पाहुनाका रूपमा डाक्छन् र किसानले भ्यागुतालाई परिकार छाडिदिन्छन् । सामुन्ने नआए पनि तिनलाई रक्षाबन्धनको धागो त्यहीँ छाडिदिन्छन् । साङ्केतिक रूपमा सिन्दूर पहिर्याइदिन्छन् ।

    अनि किसानले ऐनाका रूपमा (भातमा गाडिएका मूलाका चाना) देखाइदिन्छन् । किसान आफू हिँडेपछि भ्यागुता आएर खाने विश्वासमा परिकारका भाग त्यहीँ छाडिदिन्छन् ।  

    यो परम्परा देख्नेलाई अनौठो लागे पनि भक्तपुरका नेवार समुदायका लागि भने यो परम्परा हरेक वर्षको जनैपूर्णिमामा मान्दै आएकाले कुने अनौठो लाग्दैन ।

    यसैगरी, आज यहाँका बासिन्दाले खेतखेतमा भ्यागुतालाई परिकारसहितको भात खुवाएर यो पर्व मनाएका छन् । प्रकृतिपूजक किसान भ्यागुताले बालीनाली सपारिदिने विश्वास रहेको संस्कृतिकर्मी कला जोशी बताउँछिन् । 

    त्यही गुन तिर्न वर्षको एक दिन उनीहरूलाई भोज खुवाउने परम्परा सदियौँदेखि रहँदै आएको उनी बताउँछिन् । धेरैतिर खेत हुनेहरूलाई सबैतिर पुग्न भ्याइनभ्याइ थियो । 

    प्रत्येक वर्ष गाईजात्राको अघिल्लो दिन (रक्षाबन्धन) भ्यागुतालाई भोज खुवाउने परम्परा छ । यसलाई स्थानीय किसान ‘ब्यां चा जानका वानेगू’ भन्छन्। 

    नेपालभाषामा ‘ब्यां’ को अर्थ भ्यागुतो र ‘जानका वानेगू’को अर्थ खाना खान जाने हुन्छ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्ग भ्यागुतालाई किसानको सहयोगीका रूपमा लिई सम्मानसाथ भोज खुवाउने परम्परा रहेको बताउँछन् ।

    भ्यागुताले विभिन्न माध्यमबाट बालीनाली संरक्षण गरी किसानलाई सहयोग गर्ने गरेको तथा भ्यागुतो उफ्रँदा बारीमा मल फिजिन्छ र बाली बिगारिदिने कीटाणु खाइदिन्छ भन्ने विश्वासले भ्यागुताको पूजा र भोज खुवाउने परम्परा रहँदै आएको उनी बताउँछन् ।

    त्यसैगरी, जनैपूर्णिमाका दिन आज भक्तपुरको व्यासीस्थित औद्योगिक क्षेत्रमा रहेको प्राचीन कालदहमा बिहानदेखि ठूलो मेला लागेको छ।आजको दिन कालदहमा स्नान गर्ने र पोखरीको बीचमा रहेको महादेवको पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ ।

    यहाँ स्नान गर्दा शरीरमा भएको रोग नाश हुने जनविश्वास रहँदै आएको छ । विशेषगरी आज यहाँ भक्तपुरका नेवार समुदायको भीड लाग्ने गर्दछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार