images
images

एकैपटक प्रतितोला ३ हजारले बढ्यो सुनको भाउ, बन्यो नयाँ कीर्तिमान

एकैपटक प्रतितोला ३ हजारले बढ्यो सुनको भाउ, बन्यो नयाँ कीर्तिमान

आइतवार, भदौ २ २०८१
आइतवार, भदौ २ २०८१
  • एकैपटक प्रतितोला ३ हजारले बढ्यो सुनको भाउ, बन्यो नयाँ कीर्तिमान

    काठमाडौँ / आइतबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढेको हो । 

    images
    images

    मूल्यमा उच्च बृद्धिसँगै आज सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ । यसअघि गत मंगलबार सुनको मूल्य १ लाख ५० हजार ८०० रुपैयाँसम्म पुगेको थियो । 

    शुक्रबार भने घटेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आइतबार पुनः बढेको हो । आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको छ । 

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बृद्धि भइरहेको कारणले नेपाली बजारमा पनि सुनको भाउ बढिरहेको छ। उनले सेप्टेम्बर महिनामा अमेरिकी केन्द्रीय बैङ्कले ब्याज दर घटाउने चर्चा कारण अहिले मूल्य बढेको हुनसक्ने बताइएको छ । 

    आज चाँदीको भाउ प्रतितोला ६० रुपैयाँले बढेको छ । यसअघि प्रतितोला १ हजार ७ सय ६० रुपैयाँ तोकिएको चाँदकिो भाउ आज बढेर १ हजार ८ सय १० रुपैयाँ पुगेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार