images
images

भूमि र सहकारी समस्या समाधान गर्न परराष्ट्रमन्त्री आरजु देउवा र सहकारी मन्त्री बलराम अधिकारीबिच सहकार्य

भूमि र सहकारी समस्या समाधान गर्न परराष्ट्रमन्त्री आरजु देउवा र सहकारी मन्त्री बलराम अधिकारीबिच सहकार्य

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • भूमि र सहकारी समस्या समाधान गर्न  परराष्ट्रमन्त्री  आरजु देउवा  र सहकारी  मन्त्री बलराम अधिकारीबिच सहकार्य

    काठमाडौँ / परराष्ट्रमन्त्री डा. आरजु देउवा र भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीबिच भूमि र सहकारी क्षेत्रका समस्याको ठोस समाधानका बिभिन्न बिकल्पबारे छलफल भएको छ । 

    images
    images

    बुधवार भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा भएको भेटमा आ-आफ्नो मन्त्रालयमा देखा परेका समस्या समाधानका लागि राजनीतिक तहमा र मन्त्रालयगत तहमा मिलेर पहल गर्ने दुई मन्त्रीको भेटमा छलफल भएको हो । 

    अब बन्ने भूमि आयोग गठन, सहकारी क्षेत्रको समस्या समाधानका लागि अधिकारसम्पन्न नियामक निकाय गठनलगायतको बिषयमा छलफल भएको छ । 

    मन्त्री अधिकारीको पहलमा राजनीतिक सहमतिका आधारमा अदालतमा दायर भएको मुद्दा फिर्ता लिएर नयाँ आयोग गठनको गृहकार्य सुरु भएको छ । 

    भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयारी गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार