images
images

एनसेलको स्पष्टिकरण : सबै मोबाइल नम्बरले नम्बरले देशभित्र र बाहिर रोमिङका बेलामा एसएमएस अलर्ट र ओटीपीहरू पाउँछन्

एनसेलको स्पष्टिकरण : सबै मोबाइल नम्बरले नम्बरले देशभित्र र बाहिर रोमिङका बेलामा एसएमएस अलर्ट र ओटीपीहरू पाउँछन्

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • एनसेलको स्पष्टिकरण : सबै मोबाइल नम्बरले नम्बरले देशभित्र र बाहिर रोमिङका बेलामा एसएमएस अलर्ट र ओटीपीहरू पाउँछन्

    काठमाडौँ / एनसेलले आफ्नो सबै मोबाइल नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन आउने बताएको छ । एनसेलको मोबाइल नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन नआउने गलत बुझाइको सन्दर्भमा कम्पनीले सो बिषयमा स्पष्ट पारेको हो । 

    images
    images

    एनसेलका सबै मोबाइल नम्बर÷ग्राहकहरूले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकहरूले पठाएका वान टाइम पासवर्डहरू (ओटीपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी तथा सूचनाहरू आफ्नो मोबाइलमा प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ । 

    यसरी प्राप्त गरिने वा पठाइने जानकारी तथा सूचनाहरूले विशेष गरि केवाईसीमा मोबाइल नम्बर चाहिने र आम नेपाली नागरिकलाई आफ्ना सेवा, सुविधाका बारेमा जानकारी तथा सूचित गराउन डाटा बेस राख्ने सरकारी निकायहरूलाई ठूलो महत्त्व राख्दछ ।

    विविध डिजिटल सेवाहरूको प्रयोग बढ्दो क्रममा रहेको हालको अवस्थामा ग्राहकहरूले एप्लिकेशन टू पर्सन (एटूपी) म्यासेजहरू जस्तै ओटीपी, एसएमएस र अन्य नोटिफिकेसनका रूपमा प्राप्त गर्ने गर्दछन् । यस्ता ओटीपी, एसएमएस र नोटिफिकेशनहरू सरकारी निकायहरू, अर्ध–सरकारी निकायहरू, बैंक तथा वित्तिय संस्थाहरू, विभिन्न सेवा प्रदान गर्ने निजी क्षेत्रका संघसंस्थाहरू र गुगल र फेसबुक जस्ता विश्वव्यापी प्लेटफर्महरूले पठाउँछन् ।

    “हाम्रा कुनै पनि नम्बर रेन्जमा एटूपी म्यासेज वा नोटिफिकेशन डेलिभरीको समस्या छैन । हरेक वर्ष बढिरहेको एटूपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक हो, जसले हाम्रा ग्राहकहरू सधैं अन रहेको देखाउँछ,” एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले भने । “सुरूवातमा ९७० रेन्जमा केही प्रारम्भिक समस्याहरू देखिएका थिए । हामी पुनः स्पष्ट पार्न चाहन्छौं की ती समस्याहरू विभिन्न प्रमुख सेवा प्रदायकहरूको दु्रत समझदारीका साथ समाधान गरिसकिएका छन् । उदाहरणका लागि एनसेलका ग्राहकहरूले आन्तरिक राजश्व कार्यलय, नेपाल विद्युत प्राधिकरण, बैंक तथा वित्तिय संस्थाहरू र विभिन्न सामाजिक सञ्जालहरूबाट ओटीपी प्राप्त गर्दै आएका छन् ।”

    एनसेलको नम्बरमा एसएमएस, ओटीपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाईका बारेमा स्पष्ट पार्दै एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरहरू यस्ता जानकारी तथा सूचनाहरू प्राप्त गर्न योग्य रहेको बताएको छ । 

    साथै एनसेलले अन्य सर्ट–कोड संचालक तथा सेवा प्रदायकहरूलाई पनि उनीहरूका प्रणालीमा एनसेलको नयाँ ९७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ । एनसेलले आफ्ना ग्राहकलाई सुविधा अझै विस्तारित गर्ने योजना अनुरूप गत वर्षदेखि नै यो नयाँ नम्बर रेन्जमा मोबाइल नम्बरहरू जारी गर्न थालेको हो ।

    “केही सर्ट–कोड संचालकहरू वा सेवा प्रदायकहरू हुन सक्छन् जो हाम्रो नयाँ ९७० नम्बर रेन्जका बारेमा अनभिज्ञ छन्, त्यसैले हामी त्यस्ता सेवा प्रदायकहरूलाई पनि आफ्नो सिस्टमलाई अपडेट गरेर हाम्रो यो नयाँ रेन्ज अनुकुल बनाउन अनुरोध गर्दछौं । सबै एनसेलका नम्बर सिरिजहरू लोकल आगमन कल र अन्तर्राष्ट्रिय कलहरूको लागि पनि पहुँच योग्य छन्,” मोहसिनले भने । “यसबाहेक, केही समस्या भए ग्राहक र सर्ट कोड सञ्चालकहरूले एनसेल कस्टमर केयर वा इन्टरप्राइज टोलीसँग सम्पर्क गरेर आफ्नो कुरा राख्न सक्छन् ताकि सम्बन्धित विषयमा कम्पनीले समस्या समाधानका लागि हेर्न सकोस् ।”  

    साथै, ९७० नम्बर रेन्जमा ग्राहकले सुरूका ९७०५ बाहेक अन्तिम छ अंकहरू आफैले सधैं अन विशेष नम्बरका रूपमा चयन गर्न सकिने सुविधा एनसेलले प्रदान गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार