images
images

एक बर्षमा युनिलिभर नेपालले कमायो १ अर्ब ९७ करोड नाफा, प्रतिसेयर आम्दानी २१४४ रूपैयाँ

एक बर्षमा युनिलिभर नेपालले कमायो १ अर्ब ९७ करोड नाफा, प्रतिसेयर आम्दानी २१४४ रूपैयाँ

सोमवार, साउन २८ २०८१
सोमवार, साउन २८ २०८१
  • एक बर्षमा युनिलिभर नेपालले कमायो १ अर्ब ९७ करोड नाफा, प्रतिसेयर आम्दानी २१४४ रूपैयाँ

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को असार मसान्तसम्ममा युनिलिभर नेपालले १ अर्ब ९७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले एक बर्षको अवधीमा १ अर्ब ९७ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । जुन अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा ७.६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको यस्तो नाफा १ अर्ब ८३ करोड रुपैयाँ थियो ।

    कम्पनीको सञ्चालन आम्दानी घटे पनि अन्य आम्दानीमा भएको वृद्धि र कुल खर्चलाई केही घटाएपछि नाफामा टेवा पुगेको छ । सञ्चालन आम्दानी अघिल्लो आर्थिक वर्षमा ८ अर्ब ४८ करोड रहेकोमा गत आर्थिक वर्ष ८ अर्ब २३ करोडमा झरेको छ । अन्य आम्दानी भने अघिल्लो आर्थिक वर्ष १९ करोड ३६ लाख रहेकोमा गत आर्थिक वर्ष २४ करोड ७ लाख छ ।

    त्यस्तै कम्पनीले कुल खर्च पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा कुल खर्च ६ अर्ब ४३ करोड रहेकोमा गत आर्थिक वर्ष ६ अर्ब ६ करोडमा झरेको छ ।

    यस्तै, यसअघि ६ अर्ब ४३ करोड प्रशासनिक लगायत खर्च रहेकोमा यसमा सुधार भएर ६ अर्ब ६ करोडमा सीमित भएको छ।  ९ करोड २१ लाख चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित आम्दानी चार अर्ब ७७ करोड रूपैयाँ छ। 

    कम्पनीसँग एक अर्ब एक करोड बराबरको बेच्न बाँकी र कच्चा सामानको भण्डारण छ। यसमा सामान्य वृद्धि भएको छ।  कम्पनीले बजारबाट एक अर्ब १८ करोड भुक्तानी प्राप्त गर्न बाँकी रहँदा तिर्न पर्ने यस्तो रकम एक अर्ब ९२ करोड छ। 

    कम्पनीको प्रतिसेयर नेटवर्थ २ हजार १४४ रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १ हजार ९८८ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ५ हजार २८५ रुपैयाँ छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार