काठमाडौँ / सनराइज फर्स्ट म्युचल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डका लगानीकर्ताहरूले प्रतिफल पाउने भएका छन् । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यी दुई फण्डका इकाइधनीहरूले लाभांश पाउने भएका हुन् ।
लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रवद्र्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यी दुई बन्दमुखी योजनाहरूले आर्थिक २०८०/८१ को लेखापरीक्षण कार्य सम्पन्न गरी लाभांश वितरण गर्ने भएको हो ।
योजना व्यवस्थापकको साउन २४ गते गते बसेको सञ्चालक समितिको १४५ औँ बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि सन्राइज फर्स्ट म्युचल फण्डका इकाइधनीहरूलाई करसहित १२.५ प्रतिशत प्रतिफल र ‘सन्राइज फोकस्ड इक्विटी फण्ड’का इकाइधनीहरूलाई करसहित ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।