images
images

आइएमई पे सबैभन्दा सुरक्षित विद्युतीय वालेट !, बन्यो ‘सिसा पिसिआई डीएसएस ४.० प्राप्त गर्ने पहिलो कम्पनी

आइएमई पे सबैभन्दा सुरक्षित विद्युतीय वालेट !, बन्यो ‘सिसा पिसिआई डीएसएस ४.० प्राप्त गर्ने पहिलो कम्पनी

शुक्रवार, साउन २५ २०८१
शुक्रवार, साउन २५ २०८१
  • आइएमई पे सबैभन्दा सुरक्षित विद्युतीय वालेट !, बन्यो ‘सिसा पिसिआई डीएसएस ४.० प्राप्त गर्ने पहिलो कम्पनी
    images
    images

    काठमाडौँ / आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले ‘सिसा पिसिआई डीएसएस 4.0'  प्रमाणीकरण प्राप्त गरेको छ ।

    यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पिसिआई डीएसएस 4.0 प्राप्त गर्ने संस्था भएको छ । साथै, आइएमई पे सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको छ।

    आफ्नो स्थापनाकालदेखि नै सेवाग्राहीहरूको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरू पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो। 

    सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नविकरण गरिन्छ। यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पु-याएर नविकरण गरेको छ। 

    आइएमई पेले अन्तरराष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरूको गोपनियता कायम गर्नका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार