images
images

नेपाल माइक्रो इन्स्योरेन्सले आइपिओ निष्काशन गर्ने, एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

नेपाल माइक्रो इन्स्योरेन्सले आइपिओ निष्काशन गर्ने, एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • नेपाल माइक्रो इन्स्योरेन्सले आइपिओ निष्काशन गर्ने, एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

    काठमाडौँ / नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २२ लाख ५० हजार कित्ता साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरमा सर्वसाधारणहरुमा निष्काशन गर्ने भएको हो । 

    images
    images

    उक्त आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहलाई लघु बीमा सेवा पु-याउने लक्ष्य लिएको नेपाल माइक्रो इन्स्योरेन्सले २०७९ चैत २७ मा निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरेको हो । 

    लघु निर्जीवन बीमा कम्पनीको हैसियतले २०८० बैशाख २६ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ । उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार