images
images

रेकर्ड मूल्यबाट प्रतितोला २३ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

रेकर्ड मूल्यबाट प्रतितोला २३ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • रेकर्ड मूल्यबाट प्रतितोला २३ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ / सोमबार नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्यमा आज उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले घटेको हो । 

    images
    images

    सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयाँ कायम भएको सुनको भाउ आज घटेर १ लाख ४७ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार पाँच सयमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला  १ हजार ७ सय ८५ मा कारोबार भएकोमा आजका लागि १ हजार सात सय २५ रुपैयाँ निर्धारण भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार