images
images

उबर र बिवाइडीबीच सम्झौता, फ्लिट सर्भिसमा १ लाख कार सामेल गर्ने

उबर र बिवाइडीबीच सम्झौता, फ्लिट सर्भिसमा १ लाख कार सामेल गर्ने

सोमवार, साउन २१ २०८१
सोमवार, साउन २१ २०८१
  • उबर र बिवाइडीबीच सम्झौता, फ्लिट सर्भिसमा १ लाख कार सामेल गर्ने
    images
    images

    राइड सेयरिङ प्लेटफर्म उबरले आफ्नो फ्लिट सर्भिसमा १ लाख युनिट बिवाइडी कार सामेल गर्ने भएको छ।

    युरोप र ल्याटिन अमेरिकाबाट सुरू हुने सेवामा कार सामेल गर्न उबरले बिवाइडीसँग सम्झौता गरेको हो।

    उबर ड्राइभरलाई विशेष मूल्यमा बिवाइडी कार बिक्री गर्न र सरल फाइनान्स सुविधा दिन समेत यी दुई कम्पनीबीच सम्झौता भएको छ। 

    साथै दुई कम्पनी मिलेर भविष्यमा अटोनोमस प्रविधिको विकास गर्ने समेत सहमति भएको छ। उवर प्लेटफर्मका लागि उपयोगी हुने गरी बिवाइडीले अटोनोमस प्रविधिका कार विकास गर्ने सम्झौतामा उल्लेख गरिएको छ।

    चिनियाँ ब्राण्डका इभीको बढ्दो दबदबा रोक्न युरोप र अमेरिकाले हालै घोषणा गरेको उच्च करका बावजुत उवरसँग भएको यो सम्झौतालाई पश्चिमा मिडियाहरुले निकै अर्थपूर्ण रूपमा लिएका छन्। 

    यो सम्झौताले बिवाइडीको बढ्दो विश्वव्यापी प्रभावलाई कसैले पनि रोक्न नसक्ने पुष्टि गरेको बताइएको छ।

    बिवाइडीसँगको सहकार्यमा आफ्नो फ्लिट सर्भिसलाई विश्वव्यापी बनाउने उबरले जनाएको छ। 

    मध्ये पश्चिम, क्यानाडा, अष्ट्रेलिया र न्युजिल्यान्डमा समेत यो सेवा विस्तार गरिने यी दुई कम्पनीबीच सहमति भएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार