images
images

ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य आज सामान्य घट्यो, कतिमा हुदैछ कारोबार ?

ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य आज सामान्य घट्यो, कतिमा हुदैछ कारोबार ?

आइतवार, साउन २० २०८१
आइतवार, साउन २० २०८१
  • ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य आज सामान्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ / साताको पहिलो कारोबारको दिन आज आइतबार सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेर सामान्य घटेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको हो । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

    महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैयरी तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ७२५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

    शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ९०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

    महासंघका अनुसार आन चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदीको मूल्य प्रतितोृला १० रुपैयाँले घटेको हो । यस दिन चाँदी एक हजार ७ सय ८५ रुपैयाँमा किनबेच भएको छ । शुक्रबार चाँदीको मूल्य एक हजार ७ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार