images
images

सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनले सञ्चालन गर्यो नयाँ फिल्म हल, एक साथ करिब ५ सय दर्शक अटाउने

सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनले सञ्चालन गर्यो नयाँ फिल्म हल, एक साथ करिब ५ सय दर्शक अटाउने

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनले सञ्चालन गर्यो नयाँ फिल्म हल, एक साथ करिब ५ सय दर्शक अटाउने

    काठमाडौँ / काठमाडौँमा नयाँ फिल्म हल सञ्चालनमा आएको छ  । सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनले नयाँ हल सञ्चालनमा ल्याएको हो । बिहीबार साँझ आयोजित एक समारोहबिच अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जितु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले हलको संयुक्त उद्घाटन गरे ।

    images
    images

    तीनवटा पर्दाका साथ विभिन्न सुविधा सहित खुलेको हलमा ४ सय ९७ दर्शकले एकसाथ फिल्म हेर्न सक्छन्। सिटी स्क्वायर मलको नौ तल्लामा खुलेको हलको हरेक पर्दामा सोफा सेट सहित सुतेर फिल्म हेर्न मिल्ने सिटहरू जडान छ ।

    विशेषतः यो हलका सबै थिएटरमा पिक्चर र साउन्ड क्वालिटीलाई उच्च प्राथमिकतामा राख्दै एसियाकै सर्वोत्कृष्ट साउन्ड एरोम्याक्स वाई बार्को र दक्षिण एसियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको सञ्चालक सुमित मैनालीले जानकारी दिए ।

    करिब १८ करोडको लागतमा निर्माणमा ल्याइएको यो हललाई नेपालकै अग्रणी मल्टीप्लेक्स चेन क्यूएफएक्स ब्रान्डले व्यवस्थापनको जिम्मेवारी लिँदै देशभर आफ्नो हल सङ्ख्या १७ वटा पुर्‍याएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार