images
images

फेरि नयाँ रेकर्ड मूल्यमा पुग्यो सुनको भाउ, अझै बढ्ने सम्भावना

फेरि नयाँ रेकर्ड मूल्यमा पुग्यो सुनको भाउ, अझै बढ्ने सम्भावना

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • फेरि नयाँ रेकर्ड मूल्यमा पुग्यो सुनको भाउ, अझै बढ्ने सम्भावना

    काठमाडौँ / सुनको मूल्यले नयाँ रेकर्ड मूल्य कायम गरेको छ । यसअघि गत साउन २ गते प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेर तल झरेको सुनको भाउ पुनः उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज ५ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ९ सय रुपैयाँ कायम भएको हो । 

    images
    images

    बुधवार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोला १६ सय रुपैयाँले बढेको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ हजार ३७ हजार ९ सय १० रुपैयाँ कायम भएको छ । चाँदी भने प्रतितोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार गर्न सकिनेछ ।

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बृद्धि भइरहेको कारणले नेपाली बजारमा पनि सुनको भाउ बढिरहेको छ । मूल्य बृद्धि र अफसिजन भएको कारणले अहिले बजार सुनसान रहेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । 

    उनले सेप्टेम्बर महिनामा अमेरिकी केन्द्रीय बैङ्कले ब्याज दर घटाउने चर्चा कारण अहिले मूल्य बढेको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा सन् २०२४ भित्रै सुनको मूल्य प्रतितोला २५ सय डलर पुग्ने अनुमान गरिएको उनको भनाई छ । 

    यदी विश्व बजारमा सुनको भाउ प्रतितोला २५ सय डलर पुगेमा नेपाली बजारमा सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँभन्दा बढी पर्न जान्छ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार