images
images

स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनु पर्छ : बैद्य

स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनु पर्छ : बैद्य

बुधवार, साउन १६ २०८१
बुधवार, साउन १६ २०८१
  • स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनु पर्छ : बैद्य

     काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघद्वारा ‘निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता’ विषयमा मधेश प्रदेशका रोजगारदाताहरूका लागि बिरगंजमा आयोजित तीन दिने तालिमको बुधबार उद्घाटन समारोहमा बैद्यले सो कुरा राखेका हुन् । बैद्य सो उद्घाटन समारोहका प्रमूख अतिथि थिए ।  

    images
    images

    उद्धघाटन कायक्रममा बोल्नु हुँदै प्रमुख अतिथि सुरकृष्ण बैद्यले स्याहार तालिम आयोजना हुनुको प्रमुख उद्देश्य रोजगारदाताहरूलाई स्याहार काम के हो, यसको अर्थतन्त्रमा  योगदान बिषयबारे जानकरी गराउनका साथै स्याहार म्यानुअलका लागि सुझाव सङ्कलन गर्नु रहेको बताएका थिए । 

    त्यस्तै, स्याहार कामको लागि बैदेशिक रोजगारीमा जानेले पठाउने रकम अर्थतन्त्रमा गणना हुने भएता पनि स्वदेशमै गरिने स्याहार कामको गणना नहुने गरेको र अनौपचारिक क्षेत्रमा हुने यस्ता कामको पनि गणना गर्ने काममा सरकार सँगसँगै निजी क्षेत्र र यसका सरोकारवालाहरूको उत्तिकै जिम्मेवारी रहेकाले अन्तर्राष्ट्रिय श्रम सङ्गठको सशक्त महिला सम्बृद्ध नेपाल परियोजनासँगको सहकार्यमा मदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूमा कार्यक्रम गरिदै आईरहेको बारे बताए । 

    त्यसैगरी, अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका टेक्निकल एक्सपोर्ट अन इन्क्लुसिभ ग्रोथ  अक्साना लिप्कानुले परियोजनाको शीर्षकले नै सशक्त महिला सम्बृद्ध नेपाल शिर्षकले नै महिला तथा  बालिका केन्द्रित रहेको जस्तो देखिएता पनि त्यो नभएर श्रम बजार र व्यवसायको प्रवर्द्धन पनि रहेको बारे प्रस्ट्याएका थिए । 

    त्यसैगरी, महासंघका केन्द्रीय सदस्य तथा ब्यापार समिति सदस्य सुबोध गुप्ताले बीरगंज नगर सफा भएको तथापि सडकमा व्यवसाय गर्ने महिलाको व्यवसायको सुरक्षा नभएकोले त्यसको सुनिश्चित नहुँदा उनीहरूको जीविकोपार्जनमा असर परेको बारेमा बताए । 

    कार्यक्रमका अर्का वक्ता महासंघका केन्द्रीय सदस्य एवं कृषि उद्यम केन्द्रका सभापति डीबी बस्नेतले स्याहार कामको गणना आफ्नै घरबाट सुरु हुन पर्ने बिषय भएको बताएका थिए । 

    तीन दिने तालिम उद्घाटन कार्यक्रम नेउवामहासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

    प्रदेश अध्यक्षका तर्फबाट सबै सहभागीहरूलाई स्वागत गर्नुहुँदै यी र यस्ता पैरवीका कार्यक्रमहरूसँगै सरकार र महासंघले श्रम संरक्षणका कार्यक्रमलाई पनि महत्त्व दिन पर्नेमा जोड दिएका थिए भने कार्यक्रमको उद्देश्य बारे महासंघका सहायक निर्देशक हरि पौडेल र अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका राष्ट्रिय परियोजना संयोजक कृपा बस्न्यातले प्रकाश पारेका थिए ।

    कार्यक्रममा जिल्ला नगर उद्योग वाणिज्य संघ, ब्यवासायिक प्रथिस्थानका साथै श्रम रोजगार कार्यालय, बिरगंज नगरपालिकाबाट झन्डै करिब ६५ जनाको उपस्थिति रहेको थियो ।
      


      

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार