images
images

‘लक्ष्मी उन्नती कोष’ र ‘लक्ष्मी भ्यालु फण्ड २’का लगानीकर्ताहरूले प्रतिफल पाउने

‘लक्ष्मी उन्नती कोष’ र ‘लक्ष्मी भ्यालु फण्ड २’का लगानीकर्ताहरूले प्रतिफल पाउने

बुधवार, साउन १६ २०८१
बुधवार, साउन १६ २०८१
  • ‘लक्ष्मी उन्नती कोष’ र ‘लक्ष्मी भ्यालु फण्ड २’का लगानीकर्ताहरूले प्रतिफल पाउने

    काठमाडौँ / ‘लक्ष्मी उन्नती कोष’, ‘लक्ष्मी भ्यालु फण्ड २’ र ‘शुभ लक्ष्मी कोष’का लगानीकर्ताहरूले प्रतिफल पाउने भएका छन् । लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रवद्र्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यी बन्दमुखी योजनाका लगानीकर्ताहरूले प्रतिफल पाउने भएका हुन् ।

    images
    images

    आर्थिक २०८०/८१ को लेखापरीक्षण भई योजना व्यवस्थापकको साउन १४ गते बसेको सञ्चालक समितिको १४४ औँ बैठकले आर्थिक वर्ष २०८०/८१ को  लागि ‘लक्ष्मी उन्नती कोष’का इकाईधनीहरूलाई करसहित ७.५ प्रतिशत प्रतिफल र ‘लक्ष्मी भ्यालु फण्ड २’का इकाईधनीहरूलाई करसहित ४.५ प्रतिशत प्रतिफल वितरण गर्नेछ ।

    त्यस्तै, ‘शुभ लक्ष्मी कोष’ नामक खुलामुखी योजनाको आर्थिक २०८०/८१ को लेखापरीक्षण कार्य सम्पन्न भई योजना व्यवस्थापकको साउन १४ गते बसेको सञ्चालक समितिको १४४ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को  लागि सो योजनाका इकाईधनीहरूलाई करसहित ७.५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । 

    ‘शुभ लक्ष्मी कोष’ एक खुलामुखी योजना रहेको र यस योजनाका इकाइधनीहरूले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित डिपि शुल्क कट्टी पछि) बराबरको रकमबाट सो लाभांश वितरण पश्चात् समायोजित मूल्यमा लाभांश पुनः लगानी योजनामार्फत उक्त रकमले हुन आउने थप इकाइहरू खरिद गर्न सक्ने समेत सुविधा रहेको छ ।

    यसअघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराई सकेका योग्य इकाइधनीहरूको हितग्राही खातामा यथासिघ्र इकाइहरू पठाइने कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार