images
images

प्रधानमन्त्री ओलीको आग्रह : सुशासन र विकासका लागि बनेको सरकार ढल्छ भनेर नसोच्नु

प्रधानमन्त्री ओलीको आग्रह : सुशासन र विकासका लागि बनेको सरकार ढल्छ भनेर नसोच्नु

मंगलवार, साउन १५ २०८१
मंगलवार, साउन १५ २०८१
  • प्रधानमन्त्री ओलीको आग्रह : सुशासन र विकासका लागि बनेको सरकार ढल्छ भनेर नसोच्नु

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्छ कि भनेर नसोच्न आग्रह गरेका छन् । मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै उनले स्थिर र स्थायित्व भएको सरकार भन्दै गतिशील स्थायित्वको पक्षमा रहेको बताउँदै उनले यस्तो आग्रह गरेका हुन् । 

    images
    images

    प्रधानमन्त्री ओलीले सुशासन र विकासका लागि नै सरकार बनेको उनको भनाई छ। आफूहरू डेस्टिनेसन तोकेर हिँडेको बताउँदै उनले सरकारको फोकस जनता भएको बताएका छन् । 

    उनले भने, “हामी डिस्टिनेशन तोकेर हिँडेका छौँ। नेपाली जनतालाई जैविक र मानवीय आवश्यकताको यथोचित न्यायोचित परिपूर्ति गराउनेमा सरकारको फोकस हुन्छ ।” साथै, उनले आफू नेतृत्वको सरकार दुई बर्ष चल्ने बताएका छन् ।

    प्रधानमन्त्री ओलीले भने, “मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो । २ वर्ष पुग्नुभन्दा एक साता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुविधा हुँदैन । त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो । यसमा ढुक्क भए हुन्छ सरकार कुनै प्रकारको दाउपेच छिर्के लगाएर र मन्त्री बन्न होइन ठुला पार्टीले बुझेर बनाएको हो । ढल्ने त के ढलपल पनि हुँदैन ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार